आज:  | Tue, 02, Mar, 2021
FLASH NEWS

सिस्ने डोजोले गर्यो खेलाडीको स्तरबृद्धि तथा दिक्षान्त


समृद्ध अनलाईन ६ कार्तिक २०७७, बिहीबार १७:४३ मा प्रकाशित ( महिना अघि) ४७८१ पाठक संख्या

अर्जुनधारा, असोज ६ गते । अर्जुनधारा नगरपालिका वडा नं. १ मा खेलाडीको स्तरबृद्धि तथा प्रमाणपत्र वितरण गरिएको छ । सिस्ने डोजोको आयोजनामा वडा नंं १ का ८० भन्दा बढी खेलाडीको स्तर उन्नतती तथा प्रमाणपत्र प्रदान गरिएको हो ।


नेपाल कराते महासंघका प्रमुख प्रशिक्षक मदनकुमार उपे्रतीको प्रमुख आतिथ्तामा भएको कार्यक्रममा खेलाडीलाई प्रमाण पत्र प्रदान गर्दै प्रमुख अतिथि उप्रेतीले खेलकुद स्वास्थ्यका लागि मात्र नभएर अनुसाशन र राष्ट्रको लागि भएकाले अनुसाशित भएरखेल्नु पर्ने बताए । उनले खेलाडीलाई दिक्षान्त गर्दै सफलतार प्रगतीको कामना समेत गरेका गरेका थिए । कराते सिनीयर प्रशिक्षक कालु मेचे, अर्जुनधार नगरपालिका खेलकुद विकास समितीका अध्यक्ष अर्जुन मेचे, एसियन कराते रेफ्री कुमार उपे्रती, वडा नं. १० का वडा अध्यक्ष बलदेव गोम्देन लगायतले शुभकामना प्रदनान गर्दै राष्ट्रका लागि मात्र खेलकुद नभएर लक्ष प्राप्तिका लागि पनि भएको र पछिल्लो समय कोरोना कहरमा पनि खेलकुद नै यसको रोकथाम गर्ने प्रमुख उपाय भएको बताएका थिए ।


अर्जुनधारा नगरपालिका वडा नं. १ को वडा खेलकुद विकास समितीका अध्यक्ष सुर्य तामाङको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी राम बहादुर निरौला, काली बहादुर थापा, युवा नेता देश बन्धु ढुंगेल को समेत उपस्थिती रहेको थियो । कार्यक्रम युवराज आचार्यले संचालन गरेका थिए ।