आज:  | Wed, 25, Nov, 2020
FLASH NEWS

अर्जुनधारा एकमा अधिकारी भेराइटिज सञ्चालन


समृद्ध अनलाईन ६ कार्तिक २०७७, बिहीबार १४:०७ मा प्रकाशित ( महिना अघि) ६१६ पाठक संख्या

अर्जुनधार, कात्तिक ६ गते । झापाको अर्जुनधारा नगरपालिका एकमा अधिकारी भेराइटिज सञ्चालनमा आएको छ । दशैंको छैटौं दिनपारेर विहिबारबाट भेराइटिज संचालनमा आएको हो ।
आफ्नै ठाउँमा स्थानीयलाई सुविधा होस भन्ने उदेश्यले व्यवसाय सुरुवात गरेको संचारकर्मी आकाश अधिकारीले बताए । अर्जुनधारको सिस्नेलाई युवाहरुमिलेर व्यवसायिक स्थान बनाउन सकिने उद्देश्यका साथ आफुले संचारका अलवा व्यवसाय सुरु गरेको उनको भनाई छ ।
भेराईटिज संचालनमा आए पछि स्थानीयहरु आफ्नो ठाउँबाट कपडा किन्न शनिश्चरे, बिर्तामोड तथा अन्य बजारमा जानुपर्ने बाध्यता भने हट्ने छ । हाल उक्त स्थानमा महिला र पुरुषका रेडीमेड कपडाहरु बिक्रीमा राखिएको छ । करिब ३ लाखको लगानीमा व्यवसाय सुरु गरेका उनले अर्जुनधारा एकलाई व्यवसायिक रुपमा विकास गर्न स्थानीय युवा एकजुट हुनुपर्ने बताए ।