आज:  | Mon, 25, Jan, 2021
FLASH NEWS

पत्रकार रमेश तिवारी अभिनित म्यूजिक भिडीयो ‘माया लाउँ कि नलाउँ भो’सार्वजानिक


समृद्ध अनलाईन २९ कार्तिक २०७७, शनिबार १४:०२ मा प्रकाशित ( महिना अघि) २३० पाठक संख्या

अर्जुनधारा, कार्तिक २९ गते । पत्रकार रमेश तिवारी अभिनित म्यूजिक भिडीयो ‘माया लाउँ कि नलाउँ भो’ सार्वजानिक भएको छ । शनिबार गायिका टिका प्रसाईको अफिसिएल युट्युव च्यानल मार्फत म्युजिक भिडीयो सार्वजनिक भएको हो ।
युवा व्यवसायी तथा गीतकार चुडामणि पौडेलको नयाँ गीतको म्युजिक भिडियोमा चुडामणि पौडेल र गायिका टिका प्रसाईको युगल स्वर रहेको छ भने गीतका शब्द चुडामणि पौडेल आँफैले लेखेका हुन् । रोमी बस्नेतको संगीत संयोजन रहेको गीतलाई टिका भण्डारीले संगीतवद्द गरेका छन् । म्युजिक भिडियोमा रमेश तिवारी र नायिका केकी अधिकारीको अभिनय रहेको छ । उनिहरुको साथमा बालकलाकार अन्सुमन पौडेल र अकेशा पोखरेलको समेत अभिनय रहेको छ । भिडियोलाई आइपी आचार्यले कोरियोग्राफी गरेका हुन् ।
भिडियोमा उत्सव दहालको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ भने शंकर कोइराला र काजी लिम्बुको निर्देशनमा भिडियो तयार पारिएको हो ।

हेरौं म्युजिक भिडीयो ‘माया लाउँ कि नलाउँ भो’