आज:  | Mon, 25, Jan, 2021
FLASH NEWS

अर्जुनधाराका विभिन्न जलाशायहरुमा देखिएन छठपर्वको रौनक


समृद्ध अनलाईन ५ मंसिर २०७७, शुक्रबार १७:११ मा प्रकाशित ( महिना अघि) १४८ पाठक संख्या

अर्जुनधारा, मंसिर ५ गते । गत वर्षहरुमा छठ मनाउन अर्जुनधाराका विभिन्न जलाशायहरुमा भिडभाड देखिए पनि यो वर्ष अस्ताउदो सुर्यलाई अर्घ दिने हरुको संख्या न्युन रहेको छ । कोरोना संक्रमणको त्रासमा सरकारले चाडपर्वमा भिडभाड नगर्नु र सके सम्म घर मै वसेर मनाउन आग्रह गरे संगै जलाशायहरुमा गएर छठ मनाउनेहरुको संख्या न्युन रहेको हो ।
शुद्धता, सद्भाव र आस्थाको महापर्व छठ आज श्रद्धा एवं हर्षोल्लासपूर्वक मनाइए पनि कुनै जलाशयहरुमा भिडभाड भने देखिएको छैन । आराध्यदेव सूर्यको आराधना गरी मनाइने यस पर्वको तेस्रो दिन बर्तालुले आज बेलुकी कुण्ड, पोखरी र तलाउमा उभिई दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षता, फूल हालेर खेतबारीमा भएका पूजा सामग्री र घरमा बनाइएको विशेष पकवान अस्ताउन लागेको सूर्यलाई अर्घ दिई पूजापाठ गर्नेछन् ।

उदाउँदो र अस्ताउँदो सुर्यलाइ पुजा गर्दै आफ्नो परिवारको सुख र शान्किो कामना गर्दे मनाईने छठपर्वमा महिलाहरु दुईदिन अघि देखि भोकै वसी पुजा गर्ने गरेको गणेश ठाकुरले बताए । नगरका विभिन्न स्थानमा मनाईने छठ पुजाका लागि आएका नागरिकहरु स्वास्थ्यमा सचेत हुदै चाडपर्व मनाउने गरेको र सरकारको अनुरोध मान्दै घरघरमा पर्व मनाएका कारण अर्जुनधाराका विरिङ, टान्टीङ अर्जुनधारा जलेश्वरधाम, बाहर््दशी खोला लगायतका स्थानहरुमा भक्तजनहरुको कमी भए भए पनि स्थानीय स्थान मै सिमीत मान्छे भेला भएर पर्व मनाएको अर्जुनधारा नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष नवराम ढुंगानाको भनाई छ ।
गत वर्षहरुको जस्तो भिडभाड नभए पनि यो वर्ष स्थानीय मात्र उपस्थित भएर पर्व मनाएका छन् कतिपयलेत आफ्नै घरमा जलाशय बनाएर छठमनाएका छन् ।
कोभिडलाई मध्य नजर गर्दै गतवर्षहरुको जस्तो समाईलो नभए पनि समाजिक दुरी कायम गर्दै नदीकिनरमा भिडभाड नगरि छठ मनाउन लागेका केही स्थानीय भने नदीकिनरमा देखिन्थे ।
अर्जुनधारामा वर्षेनी भव्य रुपमा मनाईने छठपर्वमा यो वर्ष कोभिडका कारण जलाशायहरुमा अन्यत्रबाट आउने भक्तजनहरु नआए पनि स्थानीयहरु मात्र जलासायहरुमा उपस्थित भएर पुजा गरी रहेको देखिन्छ ।