आज:  | Mon, 25, Jan, 2021
FLASH NEWS

अर्जुनधारा जलेश्वर धामको ३८ औं धार्मिक अनुष्ठान भव्य नहुने


समृद्ध अनलाईन ७ मंसिर २०७७, आईतवार ११:५२ मा प्रकाशित ( महिना अघि) २०१ पाठक संख्या

अर्जुनधारा, मंसिर ७ गते । कोरोना महामारीले राष्ट्रलाई नै शोकाकूल बनाई रहेको अवस्थामा अर्जुनधारा जलेश्वर धामको ३८ औं धार्मिक अनुष्ठान भव्य नहुने भएको छ । गाउँघर र समुदायमा कोरोना संक्रमण फैलने त्रासमा अनुष्ठानलाई भव्य नगर्ने भएको हो ।
३८ औं अनुष्ठानलाई निरन्तरता दिनका लागि पुराण वाचक, उपवाचक र कर्ता बीच पुराणका पाठ हुने उक्त पाठ स्थानीय मिडियामार्फत घरैमा बसी सुन्न र हेर्न सक्ने व्यवस्था मिलाउने धामका सचिव शिवलाल खतिवडाले बताए । आर्थिक अवस्थाले खस्किदै गरेको जलेश्वरधाममा अनलाईनमार्फत नै आर्थिक सहयोगको सन्देश दिने निर्णय गरिएको उनले बताए । अर्जुनधारा वडा नं. ७ का वडाध्यक्ष नविन ढुंगानाले सार्वजनिक ठाउँबाट गरिएका अनलाईन पुराणमा मन्दिरको दर्शन गर्न आउने भएको हुँदा समितिले उपयुक्त समयमा पुराणको सन्देश भएको दर्शाउन व्यवस्था मिलाउनुपर्ने बताए ।भिडभाड र तामझाम, मनोरञ्जनलाई प्राथमिकता नदिन सुझाव छन् ।
मंसीर २१ गतेबाट अनुष्ठान सुरु गरिए पनि २८ गते बालाचतुर्दशीका दिन पितृ मोक्षका लागि आ–आफ्नो घरआँगनमै दीप प्रज्वलन गरि आफ्ना करेसाबारी वा तुलसीको वरिपरी सत्बीज छर्न धाम समितिले आग्रह गरेको छ ।