आज:  | Mon, 25, Jan, 2021
FLASH NEWS

मुक्तिनाथलाई ‘युरोपियन माइक्रो फाइनान्स अवार्ड २०२०’ प्राप्त


समृद्ध अनलाईन ७ मंसिर २०७७, आईतवार १७:४० मा प्रकाशित ( महिना अघि) १६५ पाठक संख्या

ओखलढुंगा मंसिर ७ गते । मुक्तिनाथ विकास बैंकले पुरस्कार बापत नगद १ लाख युरो प्राप्त गरेको छ । ‘युरोपियन माइक्रो फाइनान्स अवार्ड २०२०’ अन्तगगत बैंकले उक्त नगद प्राप्त गरेको हो ।
अन्तर्राष्ट्रिय स्वतन्त्र विशेषज्ञ छनौट समितिले अध्ययन तथा अनुसन्धान गरेको अवार्डका लागि ३७ राष्ट्रबाट ७० वटा संस्थाले सहभागीता जनाएका थिए । उत्कृष्ट ३ मा नेपाल, वेनिन र ईथोपियाका १–१ वटा लघुवित्त संस्थाहरु छनौट भएका थिए ।

साना तथा लघु बैंकिङ्ग कार्यक्रममा आवद्ध न्यून आय भएका सदस्यलाई प्रदान गरी रहेको नविनतम योजनाका लागि प्रदान गरिएको अवार्डमा मुत्तिनाथ विकास बैकले पुरस्कार बापत नगद १ लाख युरो प्राप्त गरेको छ ।अवार्डकामा नेपालको मुक्तिनाथ विकास बैंकलाई “युरोपियन माइक्रोफाइनान्स अवार्ड २०२०” प्राप्त भएको हो ।
नेपालमा मुक्तिनाथ विकास बैंक ४२ जिल्लामा रहेका १ सय ३८ वटा शाखाहरु मध्ये १ सय १८ वटा शाखामार्फत साना तथा लघु बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । त्यस्तै गरि ओखलढुंगामा सिद्धिचरण, मानेभञ्ज्याङ, र मोलुङ गाउँपालिकाको रामपुर शाखाबाट मुक्तिनाथ विकास बैंकले सेवा प्रदान गर्दै आएको छ ।