आज:  | Thu, 21, Jan, 2021
FLASH NEWS

दमकमा श्रीमतीको हत्याआरोपी प्रहरीनियन्त्रणमा


समृद्ध अनलाईन ७ मंसिर २०७७, आईतवार २१:०६ मा प्रकाशित ( महिना अघि) १११ पाठक संख्या

अर्जुनधारा, मंसिर ७ गते । झापाको दमक नगरपालिका वडा नं. १ मा श्रीमती हत्याको आरोपमा एकजना पक्राउ परेका छन् । दमक नगरपालिका वडा नं. १ का चूडामणि भण्डारी आफ्नी श्रीमतीको हत्या आरोपमा पत्राउ परेका हुन्।
कमल –६ जोगीचौंनस्थित आफ्नो खेतमा गएका समयमा भण्डारीले अन्दाजी ३७ वर्षीया श्रीमती टीकामाया पौडेललाई आज साँझ धारिलो हतियार प्रहार गरेर हत्या गरेको आरोप लगाइएको छ । भण्डारीले श्रीमतीको किन हत्या गरे भन्ने विषय खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको  इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए । अभियुक्त भण्डारीलाई नियन्त्रणमा लिइसकिएको बताइएको छ ।