-उत्साही नवराज
मित्रताकाे महात्म्य सुनाई रहने
आश्वासनका नारा घन्काई रहने
सय प्रतिशत झुटाे बाेल्ने
माैका माैकामा पारिश्रमिक मेरै निल्ने
अनुहार चिन्न सजिलाे
व्यबहार चिन्नै कठिन
मेराे पेरि फेरिमा एउटा नाटककाे पात्र बन्छ
म उसलाई के भनाैँ , उ मलाई मित्र भन्छ !
भन्दा कथा लाग्न सक्छ कसैलाई
उ आफैँ समाज सेवीकाे पगरी गुथ्छ
समाजकै निम्छराकाे पसिना चुस्छ
खाेक्रा आदर्शका गफ खाेक्छ
सित्तै पाए मदिरा मात्र हैन अलकत्रा नि बाेक्छ
जे जे गरे पनि उ सधैँ
पानी माथिकाे ओभानाे बन्छ
म उसलाई के भनाैँ , उ मलाई मित्र भन्छ ।
भनाैँ भने आफ्नाे मान्छे
नभनाैँ भने गाँडाे मान्छे
उ मेराे घाउमा नुन चुक छर्छ पछाडीबाट
म उसकाे घाउमा मलम लगाउँन चाहन्छु
उ मुखमा राम राम बगलीमा छुरा बाेक्दाे रैछ
खराब धन्दा भाे भन्दा मेरै टाउकामा ठाेक्दाे रैछ
उ अझै आफुलाई गतिलाेमा गन्छ
म उसलाई के भनाैँ , उ मलाई मित्र भन्छ !