आज:  | Thu, 21, Jan, 2021
FLASH NEWS

मैले पार्टी फेरें कमरेड


समृद्ध अनलाईन ८ मंसिर २०७७, सोमबार ०२:५७ मा प्रकाशित ( महिना अघि) २०१ पाठक संख्या

-यज्ञ प्रसाद भट्टराई

हिजो तातो पसिना पुच्छ्दै
कहिले लेक त कहिले बेंशी गरेका दिनहरु
अनि चिसो छिँडिमा अगेनाको डिलमा आगो ताप्दै
बिताएका चिसा चिसा रातहरु,
सबै आफैले केरे कमरेड
मैले पार्टी फेरें कमरेड ।।

आज तिनै हिजो बिर्सिएर रमाई रहेका शहरहरु
जताततै भोक, रोग र माहामारीका कहरहरु
हेर्दा केहि फरक देखिदैनन्, अनुभूति पनि कुनै नौलो हुँदैन
केबल यात्राका साथिहरु अनि यात्राका साधनहरु
मात्र फेरिएका छन् जस्तो लाग्छ ।।
योे अवस्थामा आईपुग्न तिमिले पनि त निक्कै
शंघर्ष गरेको हुनु पर्छ ।
कतिलाई सलाम त कतिलाई ज्यू हजुरी गरेको हुनुपर्छ ।
तिमिले भनेका सबै कुरा टेरें कमरेड
मैले पार्टी फेरें कमरेड ।।

बालापनमा साथीहरुसँग बिताईएका क्षणहरुको कल्पनामा
युवावस्थामा साँचिएका सपनाका महलहरु
अनि प्रौढ प्रस्थानको बिन्दूमा ओईलाएका सपना र रहरहरु
किन हिजोको बालापनमा झै मेरो आत्मिय साथि भेटिदैन ?
युवावस्थाका जोशहरु साँचेको किन मेरो साथि देखिदैन ?
परsss क्षितीजमा आउने घाँमसँग प्रश्न गर्छु
तिमिले हिजो पनि देखेको हुनपर्छ
यि सबैको हिसाब किताब लेखेको हुनुपर्छ
तिमि पनि त म जस्तै अटुट यात्रामा निस्किएका छौ नि
निरन्तर निरन्तर
तिमिले देखेका कुराहरु सबै सत्य छन् केबल म मात्रै असत्य छु
तिम्रा सबै काला कर्तुतहरु आप्mनै आँखाले हेरे कमरेड
मैले पार्टी फेरें कमरेड ।

मैले तिमि जस्तो झुठ बोल्नै जानिन
तिम्रा मन भित्र पालिएका जस्ता गलत सोच र बिचार
मैले मेरो मश्तिष्कको टोकरीमा हालिन ।
सधैं तिनै निमुखाका न्यायका लागि लडदा लडदै
मेरा नाै-नाँडी सबै गले कमरेड
मैले पार्टी फेरे कमरेड ।।

अब कहिल्यै तिम्रा सामु गरिवीको गित गाउने छैन
असहायलाई न्याय चाहियो भनेर तिम्रा दलिन धाउने छैन
तिम्रा दलिन, चोटा, कोठामा मनिजनको भिड देखेको छु
तिम्रा हिजोका फोश्रा आश्वासन यिनै मन भित्रै लेखेको छु
भैगो रहन देउ सर्वहारालाई उसैको बास्तविक अवस्थामा
तिमि फेरियौं, तिम्रा आफन्त फेरिए यसैमा ढुक्क छु
तिमि ढुक्क भए हुन्छ मैले पनि यो दशैंमा
नयाँ धोती बेरे कमरेड
मैले पार्टी फेरें कमरेड ।

मेरो बिन्ति छ अब तिमिले गरिबलाई मजाक नउडाईदेउ
ठेकेदारको घरमा बसेर सर्वहाराको नारा नलगाईदेउ
सत्ताको रापले पिल्सिएका तिम्रा नितम्बका बिरालीहरु
पद र पैसाले कहिल्यै नअघाउने तिम्रा ससुरालीहरु
छाेरी, ज्वाइँज्वाँई, साली ठूलो परिवार छ तिम्राे अचेल
सधैं जनताकै उधाराे खायौ, सधै जनताकै जड्याैरी लायौ
देशलाई पाकेको लौको जस्तो बाहिर सग्लो
तर भित्रभित्रै खोक्रो बनायौं
यत्ति हुँदाहुँदै पनि अाखिर
अरु सबैं सुगन्धित छन् तिमि मात्रै किन गन्हायौं ??
मैले तिम्रो असली अनुहार हेरे कमरेड
मैले पार्टी फेरें कमरेड ।

अब त यो मुलुकमा बाँकी पनि केहि नरहने भैगो
जनताको आशाको त्यान्द्रो पनि अब त चुडिँएर गै गो
अत्ति मात्रै हैन अत्याचारै गरेर देखायौं
तिम्रा अपराधका घैंटा बिच सडकमै फुटायौं
मैले चिने अब पछि फर्केर पनि हेर्ने छैन
पार्टी जोड या फोर मलाई कुनै प्रवाह छैन
मैले मन मोडे कामरेड
मैले पार्टी फेरें(छोडे) कमरेड

यज्ञ प्रसाद भट्टराई, दमक झापा, २०७७ मंसिर ७