सोलुखुम्बु, मंसिर ८ गते । सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका ३ मा आगलागी हुँदा अन्दाजी २ करोड बराबरको क्षति भएको छ । सोनाम शेर्पाले संचालन गरेको यती माउन्टेन होम होटलमा आगलागी हुँदा उक्त क्षति भएको हो ।
२ तले पक्की घरमा संचालमा रहेको होटलमा आईतवार बिद्युतको तार सर्ट भई अचानक आगलागी हुँदा होटलमा रहेका सम्पुर्ण समानहरु जलेर नष्ट भई भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
आगलागी ईलाका प्रहरी कार्यालय लुक्लाबाट खटिएको प्रहरी टोली, नेपाली सेना र स्थानीयवासी समेतको सहयोगमा दिउँसो २ बजे नियन्त्रणमा आएको तथा मानवीय क्षति नभएको उक्त प्रहरीले जनाएको छ ।