आज:  | Thu, 21, Jan, 2021
FLASH NEWS

प्रधानमन्त्री ओलि ताप्लेजुङको घुन्सामा


समृद्ध अनलाईन ८ मंसिर २०७७, सोमबार १३:४६ मा प्रकाशित ( महिना अघि) १५३ पाठक संख्या

ताप्लेजुङ, मंसिर ८ गते । प्रधानमन्त्री केपि शर्मा ओलि ताप्लेजुङको घुन्सा पुगेका छन् । घुन्सा फाउन्डेसनले निर्माण गरेको स्वास्थ्य भवनको उद्घाटनका लागि हिमालि गाउँ घुन्सा पुुुगेका हुन् ।
फाउन्डेसनले देश विदेशबाट रकम सङ्कलन गरेर भवन निर्माण गरेको फाउन्डेसनका अध्यक्ष याङ्जोम शेर्पाले बताईन्। प्रधानमन्त्री ओलिसग प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, पर्यटनमन्त्री योगेश भट्टराई पनि घुनसा पुगेका छन् ।

 

घुन्सा कञ्चनजंघा हिमालको काखमा रहेको हिमालि बस्ति हो। प्रधानमन्त्री अाएपछि घुन्सामा विकासले गति लिने र पर्यटन प्रवर्द्धन हुनेमा स्थानिय आशावादि रहेका छन्। घुन्सावासीले प्रधानमन्त्री संग घुन्समा स्थायि स्वास्थ्य चौकि स्थापना गरिदिनुपर्ने माग रहेको स्थानिय दिपक शेर्पाले बताए ।

प्रधानमन्त्रीले आजै ओलाङचुङगोला स्थित शसस्त्र प्रहरिको बिओपि र इलामको सन्दकपुर सिमानाको निरिक्षण गर्ने समेत कार्यक्रम छ। घुन्सावाशिले ओलि सहितको टोलीलाई भव्य स्वागत गरेका थिए ।