आज:  | Thu, 21, Jan, 2021
FLASH NEWS

नियन्त्रीत लागुऔषध ब्राउसुगर सहित ४ जना पक्राउ


समृद्ध अनलाईन ८ मंसिर २०७७, सोमबार ०९:५८ मा प्रकाशित ( महिना अघि) ६७ पाठक संख्या

अर्जुनधारा, मंसिर ८ गते । झापाको मेचीनगर नगरपालिका ७ बाट लागुऔषध ब्राउसुगर सहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा लागुऔषध बिक्री बितरण गर्ने सिताराम आदेम्बे , उनकै श्रीमती मनिषा मगर तथा लागुऔषध खरिद गर्ने धरान–५ का २४ बर्षीय कल्याण राई र धरान १६ का २४ बर्षीय रिजन लाकन्द्री रहेका छन् ।
मेचीनगर नगरपालिका ७ सिदार्थ टोलमा एक घर भाडामा लिएर लागुऔषध बिक्री बितरण हुने गरेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय काकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले आईतवार लागुऔषध सहित उनिहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनिहरुको साथबाट प्रहरीले २८ ग्राम ब्राउसुगर, नगद १ लाख ३३ हजार रुपैयाँ र मोवाईल ३ थान समेत बरामद गरेको छ । लागुऔषध सहित पक्राउ परेका चारै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।