आज:  | Thu, 21, Jan, 2021
FLASH NEWS

ओखलढुंगामा युवा संघ र योङ कम्युनिष्ट लिग एकिकरण सम्पन्न


समृद्ध अनलाईन ८ मंसिर २०७७, सोमबार १४:४६ मा प्रकाशित ( महिना अघि) ५०८ पाठक संख्या

ओखलढुंगा,मंसिर ८ गते । तत्कालीनन नेकपा माओवादी केन्द्र र नेकपा एमाले एकिरण पस्चात पार्टीका जनवर्गिय संगठनहरु घमाधम एकिकरण भई रहेका छन् । पार्टी एकता पछि ओखलढुंगामा युवा संघ र योङ कम्युनिष्ट लिग एकिकरण सम्पन्न भएको छ ।

नेकपा जिल्ला पार्टी सचिब मोहन श्रेष्ठको प्रमुख आतिथ्यतामा एकता भएको राष्ट्रिय संघको ओखलढुंगा जिल्लाको ६१ जनाको संगठानीक संरचना बनेको छ । एकता पस्चात राष्ट्रिय युवासंघ नेपाल ओखलढुंगाले ९ सदस्यिय कार्यालय टिम तथा १९ जनाको जिल्ला सचिवालय समेत निर्माण गरेको सह इन्चार्ज सन्तोष मगरले जानकारी दिए । एकता प्रकृया पस्चात संघको प्रदेश क अन्तर्गत पासाङ शेर्पा संयोजक तथा दिपक राईलाई सह संयोजकको जिम्वेबारी प्रदान गरिएको छ भने प्रदेश ख अन्तरगत अनिल कार्की संगयोजक र टिकाराम क्याप्छाकी मगरलाई सह संयोजकको जिम्वेवारीी प्रदान गरीएको मगरको भनाई छ ।

त्यस्तै गरि संघको स्थानीय तह अन्तरगत मानेभञ्ज्याङमा क्रमस मिलन राई र रहरमान राई, सुनकोशीमा मदन कटुवाल र प्रदिप मगर, खिजिदेम्वामा आङदावा शेपा र विरबहादुर सुनुवार संयोजक तथा सह संयोजक रहेका छन् ।
त्यस्तै गरि चिसंखुगढीमा मोहन कार्की र सुवास घिमीरे, मोलुङमा लोकप्रिय सुनुवार र शेषराज खतिवडा, चम्पादेवीमा ईन्द्र श्रेष्ठ र विपिन मगर, लिखुमा दिपक श्रेष्ठ र शर्मीला भट्टराई तथा सिद्धिचरण नगरपालिकामा योगेश्वर रान भण्डारी र टोकल श्रेष्ठ संयोजक तथा सह संयोजक रहेका छन् ।
नेकपाको जिल्ला पार्टी कार्यालयमा एकता भेलामा कार्यालय सदस्य नेत्र प्रसाद भट्टराई, राष्ट्रिय युवा संघ केन्द्रिय सदस्य तथा जिल्ला सह इन्चार्ज सन्तोष मगर, केन्द्रिय सदस्य सीता नेपालीको बिशेष आतिथ्यता तथा जिल्ला संयोजक राजन खत्री, सह संयोजक छबिरमण धमला र पार्टी फ्याक्सन इन्चार्ज शिबराम खडकाको उपस्तिथि रहेको थियो ।