आज:  | Thu, 21, Jan, 2021
FLASH NEWS

कोरोना महामारीमा महिला पत्रकार र पत्रकारिता


समृद्ध अनलाईन ९ मंसिर २०७७, मंगलवार १५:०२ मा प्रकाशित ( महिना अघि) २७३ पाठक संख्या

-सुष्मा तिखत्री

चीनको वुहानबाट डिसेम्बर २०१९ बाट सुरु भएको कोरोना भाइरस (कोभिड(१९) को संक्रमणले विश्व महामारीको रुप लिई रहेको अवस्थामा नेपाल पनि अछुतो रहेन । । नेपालमा पनि एक लाख ३० हजार बढीलाई यो रोग संक्रमण भई सकेको छ । कोरोना नेपालमा पहिलोपटक माघ १० (जनवरी २४) मा पुष्टि भएको थियो ।
कोरोना माहामारीमा पनि झापामा महिला पत्रकारहरु सक्रिए भएर संचार कर्म गरिरहेका छन् । जनतालाई सुसुचित गर्ने उद्देश्यका साथ संचार क्षेत्रमा कार्यरत महिला पत्रकारहरु कोरोना महामारीमा विचलित नभई आफ्नो कार्म गरि रहेका छन् । विश्वमा कोरोना भाईरस कोभिड १९ ले महामारीको रुप लिई रहेको अवस्थामा नेपाल सरकारले ११ चैत २०७६ बाट लगातार बन्दाबन्दीको घोषण गरे संगै नेपाली पत्रकारिता क्षेत्रमा पनि ठुलो असर पुगेको छ । देशका ठुला संचार गृहहरुमा विज्ञापनमा परेको असर संगै सयौ पत्रकारहरको रोजी रोटी समेत खोसीएको छ ।
विसम परिस्थितीमा नेपाली पत्रकारिता क्षेत्रमा परेकोे असरमा सयौ पत्रकारहरुले वेतलवि रुपमा समेत संचारकर्म गरिरहेका छन् । कोरोना महामारीको समयमा नेपालमा दर्जनौ पत्रकारहरुको रोजी रोटी नै खोसीएको छ भने दर्जनौ पत्रकारहरु महिनौ देखि वेतलवि संचार कमर्ममा लागि रहेका छन् । कतिपय संचारगृहले संचारर्मीहरुलाई तलव नदिदा आफ्नो खर्च तथा परिवार चलाउन समेत धौधौ परिरहेको पत्रकारहरु बताउँछन् ।
विचलित भएनन् महिला पत्रकार
कोरोेना संक्रमणले महामारीको रुप लिई रहेको अवस्थामा झापामा रहेका महिला पत्रकारहरु कहिल्यै विचलित भएनन् । संक्रमणको त्रासमा पनि महिला पत्रकारहरु स्थलगत समाचार संकलनमा दौडधुप गरि रहेका छन् । एकातिर संचारगृहले पारिश्रमिक नदिदा र अर्काे तिर समाजमा कोरोना फैलने सन्त्रासमा महिला पत्रकारहरु मानसिक तनावमा रहे पनि निरन्तर संचार कर्म गरि रहेको देखिन्छन् ।

विश्व नै महामारीबाट आक्रान्त भएको सन्दर्भमा स्थलगत रिपोर्टिङमा हिँड्ने पत्रकार जोखिममा रहेर पनि काम गरि रहँदा संचारगृहले पारीश्रमीक नदीरहेको अवस्थामा महिला पत्रकारहरुलाई झन समस्या भएको छ । यतिबेला पत्रकारले व्यावसायिकता भन्दा माथि उठेर सामाजिक दायित्व पूरा गरिरहेको महिलउ पत्रकारहरुको भनाइ छ । आम नागरिकलाई सत्य तथ्य समाचार सम्प्रेषण गर्नु पत्रकारको पेशागत धर्म भएको उनको भनाई छ । यो जोखिमपूर्ण अवस्थामा जिल्लामा रहेका महिला पत्रकारहरुको भुमीकालाई राज्यका निकायहरुले मुल्याङ्कन गर्न योग्य रहेको उनिहरुले बताएका छन् ।
कोरोना संक्रमणको त्रास भई रहेपनि आफुहरु विचलित नभई समाचार सम्प्रेसण गरि रहेको राष्ट्रिय समाचार समितीमा कार्यरत अम्बिका भन्डारीको भनाई छ । मानसिक रुपमा चिन्ता भए पनि यहाँका महिला पत्रकारहरु स्वास्थ्य सुरक्षाको मापदण्डमा रहेर विचलित नभई, आफुलाई सुरक्षित राखेर काम गरि रहेको उनले बताईन् । हाल पत्रकारहरु परिश्रमीक नपाएर विस्थापित हुने अवस्थामा आए पनि महिला पत्रकारहरु निरन्तर खटि रहेका छन् । झापा जिल्लाकै कुरा गर्दा जिल्लामा ५ दर्जन बढी महिला संचारकर्मीहरु विचलित नभई काम गरि रहेको भण्डारीको भनाई छ । उनले जिल्लामा सुरक्षा सावधानी नअपनाएका कारण पुरुष पत्रकार संक्रमित भएको तर महिला संक्रमित नभएको बताईन् ।
स्वास्थ्य सुरक्षाको आधारभूत विधि अपनाएर स्थलगत समाचार सङ्कलनमा निस्कँदा परिवार तथा छरछिमेकीका सबै सदस्यहरुको एउटै आवाज सुन्नु पर्दा आफुहरु विक्षिप्त हुने गरेको पत्रकारहरु बताउँछन् । हरेक दिन कोरोना लिएर आउने त हैन भनेर परिवारका सदस्यहरु शसंकित हुँदा आफु भाव व्ह्लि हुने गरेको सुयोदय टेलीभिजनमा कार्यरत पत्रकार चन्दा भट्राईको भनाई छ । परिवारका सदस्यले यसरी गम्भिर रुपमा लिएका कुराहरुलाई आफुले दैनिक हाँसो ठट्टा जस्तै गरेरर टार्ने गरेको उनले बताईन् । सामाजिक दूरी कायम गर्दा पनि कहीँ कतै केही पो भइहाल्छ की ! भन्ने डर त्रासमा समाचार संकलन गर्नु पर्ने टेलीभिजनमा कार्यरत पत्रकारहरुको अनुभव रहेको भट्टराईले बताईन् । यो समयमा परिवारका सदस्य पनि आफूसँग टाढाटाढा हुने अवस्थाले आफू नै संक्रमित भएको हो कि जस्तो लाग्न थालेको भट्राईको भोगाई रहेको छ ।
संक्रमणको जोखिम मोलेर काममा निरन्तर लागि हँदा नियमित पारीश्रामिक नपाए पछि कतिपय पत्रकारको दैनिकी समेत फेरीएको संचारकर्मी पुष्पा लिम्बुको भनाई छ । उनले आफुसंग सवारी साधन नभएको अवस्थामा कोरोना माहामरीको समयमा विभिन्न समस्या झेल्नु परेको अनुभव सुनाईन् । उनले मात्र नभएर आफु संग साधन नभएको अवस्थामा महिला पत्रकारहरुले अरुको सहयोग माग्दा विभिन्न समस्या देखि हिंसा समेत भोग्नु परेको महिला पत्रकारहरु बताउँछन् ।

अग्र मोर्चामा पत्रकार
देशका हरेक आन्दोलन तथा विपत्तीहरुमा पत्रकारहरु नै अग्र मोर्चामा देखिने गरेका छन् । जनतालाई सुसुचित गराउनका लागि पत्रकारहरु अग्रमोर्चाम रहँदा पनि तिनै पत्रकारहरु पारीश्रमीक नपाई परिवार कसरी धन्ने भनेर चिन्तामा रहेका भेटीन्छन् ।
देशमा कोरोना संक्रमणले महामारीको रुप लिईरहँदा पत्रकारहरु संक्रमित भएर पनि समाचार संकलनमा तल्लिन भएका छन् । अग्रमोर्चामा रहँदा पत्रकारलाई सधैँ ‘बलिको बोको’ बनाउने परिपाटी राजनीतिक द्वन्द्वदेखि अहिलेसम्म उस्तै भएको नेपाल पत्रकार महासंघ झापाकी उपाध्यक्ष भिमा सिवाकोटीको भनाई छ । यतिबेला सञ्चारगृहले आवश्यक सुरक्षा सामग्री उपलब्ध गराएर मात्र फिल्डमा पठाउनु पर्ने र पत्रकार स्वयंले पनि सुरक्षा पहिलो भन्ने कुरा बिर्सन नहुने उनको भनाइ छ ।
विशेष गरि महिला पत्रकारहरु साधन रश्रोतको कामीका कारण अरुको सहयोग माग्नु पर्दा यौनजन्य हिंसामा समेत पर्नु परेको उनले बताईन् ।
कोभिड–१९ को सङ्क्रमण रोक्न सरकारले गरेको बन्दाबन्दीसँगै स्थलगतगत रूपमा समाचार सङ्कलनमा खटिएका पत्रकारहरूले विभिन्न समस्या झेल्नुपरेको छ । घर परिवारमा कोरोनाका कारण टाढीनु पर्ने अवस्था आए पनि विचलित नभईकन पत्रकारहरु अग्रस्थानमा रहेर आफ्नो संचार कर्ममा ब्यस्त रहि रहेका छन् । विश्वव्यापी महामारीको रूपमा देखिएको कोराना भाइरसका कारण जटिल बन्दै गएको वर्तमान अवस्थामा आफ्नो ज्यानको जोखिमसँगै नागरिकलाई सुसूचित गराउने पत्रकारहरु घरधनी, घरपरिवारका सदस्य, साथीभाई नतागोतासंग टाढा हुनु पर्ने अवस्था रहेको छ भने उनिहरुले गर्ने व्यवहारले पत्रकारिता पेशाबाट टाढा बस्ने कि काम गर्ने भन्ने दोधार मानसिकताबाट गुज्रि रहेका छन् ।
उपाध्यक्ष सिवाकोटीले पछिल्लो समय राष्ट्रिय संञ्चार माध्ययममा काम गर्ने पत्रकारहरुले संचार गृहले तलव नदिएको अवस्थामा बेतलवी बस्नु पर्ने बाध्यता रहेको बताईन् । बन्द, हड्ताल, आन्दोलन तथा कुनै पनि राजनीतिक परिवर्तनमा अग्रमोर्चामा पत्रकार जगत् हुने गरेको र सत्य तथ्य समाचारमा पत्रकार फिल्डमा नपुगी नहुने भएकोे अवस्थामा संचार गृहले तलव नदिएर पत्रकारलाई मानसिकरूपमै कमजोर बनाएको उनको भनाई छ ।
मानसिक तनावमा पत्रकार
एकातिर संचारगृहले पारिश्रमिक नदिदा र अर्को तिर समाजमा कोरोना फैलने सन्त्रासमा पत्रकारहरु मानसिक तनावमा रहने गरेका छन् । पेशामा आवद्ध रहेर आफ्नो धर्म निभाउने क्रममा समाचार संकलनका क्रममा बाहिर फिल्डमा आफु जादा समाज र परिवारका सदस्यहरुले कोरोना संक्रमणको कुरा गर्दा पत्रकारहरु मानसिक चिन्तामा रहने गरेका छन् ।
हरेक पत्रकारमा लामो समयसम्म कारोनाको विषयमा मात्र समाचार बनाइरहँदा एक प्रकारको मानसिक डर त्रासबाट गुज्रेको झापाबाट राष्ट्रिय मिाचार समितीमा कार्यरत भण्डारीले बताईन् । पत्रकार सधैँ द्वन्द्वको बीचमा रहेका कारण अहिलेको अवस्था पत्रकारहरुका लागि सबैभन्दा जोखिम भएको भए पनि प्रन्ट लाईनमा रहेर काम गरि रहेको उनको भनाई छ ।
मान्छे स्वभावैले आफ्नो ज्यानको माया गर्ने प्राणी हो, तर अहिले ज्यानको माया एकातिर राखेर व्यावसायिकतासँग सामाजिक उत्तरदायित्वमा पत्रकारहरु रहेका छन् । पछिल्लो समय पत्रकारहरुलाई आफ्नै पेशा ‘नखाउँ भने दिनभरिको शिकार, खाँउ भने ….को अनुहार’ भने जस्तै भएको छ । नेपाल पत्रकार महासंघ झापामा रहेको तथ्याङ्क अनुसार ४२ जना पत्रकार महासंघको सदस्य रहेका महिला भए पनि नारी संचार गृहमा ६६ जना संचारकर्मीह आवद्ध रहेका छन् र ५० जना नियमित संचार कर्म गरि रहेका छन् ।
नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यलयको २०७७ असोज २९ गते सम्मको अभिलेख अनुसार २०५ जना पत्रकार कोरोना भाइरसबाट संक्रमित भएका छन् । सक्रमित मध्ये २ जनाको मृत्यु भएको छ, १४३ जना सक्रमणमुक्त भइसकेका छन् भने ६२ जना उपचाररत छन् । प्रदेश नम्बर १ मा २९ जना पत्रकार कोरोना संक्रमित भएका मध्य झापामा ६ जना कोरोना संक्रमित भएको नेपाल पत्रकार महासंघको तथ्याङ्कमा रहेको छ । राज्यले आफ्नो स्वार्थसँग मात्र पत्रकारलाई खोज्ने र प्रयोग गर्ने मात्र नगरी राज्यले पत्रकारको स्वास्थ्य सुरक्षाका विषयमा एक शब्द पनि नबोल्नु दुःखलाग्दो पक्ष रहेको छ ।