आज:  | Thu, 21, Jan, 2021
FLASH NEWS

जिल्ला अस्पताल फाप्लु डाक्टर विहिन, पोष्टमार्टका लागि समस्या


समृद्ध अनलाईन ९ मंसिर २०७७, मंगलवार १६:०९ मा प्रकाशित ( महिना अघि) १२८ पाठक संख्या

सोलुखुम्बु, मंसरि ९ गते । सोलुखुम्बुको जिल्ला अस्पताल फाप्लुमाा शव पोष्टमार्टका लागि समस्या भएको छ । जिल्ला अस्पताल फाप्लु डाक्टर विहिन भए पछि पोष्टमार्टका लागि समस्या भएको हो ।
डाक्टर नहुँदा पछिल्लो १० दिन भित्र ४ ओटा शव पोष्टपार्टमका लागी छिमेकी जिल्ला ओखलढुंगा पुर्याईएको छ । जिल्ला अस्पताल फाप्लुमा डाक्टर नहुँदा कात्तिक २७ गते यता विभिन्न कारण मृत्यु भएका ४ जनाको शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल रुम्जाटार पठाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

डाक्टर नहुँदा अस्पतालबाट प्रभाह हुने प्रसुती सेवा, जटिल प्रकृतिका स्वास्थ्य सेवा तथा पोष्टमार्टम सेवा प्रभावित बनेको अस्पताल श्रोतले जनाएको छ । जिल्लामै उपलब्ध हुने पोष्ट मार्टम सेवा समेत डाक्टर अभावका कारण छिमेकी जिल्ला धाउँनुपर्दा सेवाग्राहीलाई सास्ती भएको नागरिकको गुनासो छ ।

३ जना डाक्टर कार्यरत्त जिल्ला अस्पतालमा एक जना डाक्टर कोरोना संक्रमणका कारण आईसोलेसनमा रहेको, एक जना सरुवा भएको तथा एक जना तिहार विदामा बसेकाले १५ दिन देखि अस्पताल डाक्टर विहिन बने पछि उपचारको लागि समेत समस्या भएको छ ।