आज:  | Mon, 25, Jan, 2021
FLASH NEWS

सातौं जन्मदिनमा बिद्यालयलाई सहयोग


समृद्ध अनलाईन ११ मंसिर २०७७, बिहीबार १८:१७ मा प्रकाशित ( महिना अघि) १२० पाठक संख्या

खोटाङ, मंसिर ११ गते । खोटाङको हलेसी तुवाचुङ नगपालिका वडा नं. ५ का ७ वर्षिय वालकले आफ्नो जन्म दिनमा जिल्लाको एक विद्यालयमा रहेका अभिभावकविहीन विद्यार्थीलाई सहयोग गरेका छन् । विद्या संस्कार (साबिक चेल्सी इन्टरनेसनल) स्कुल जोरपाटी अत्तरखेल काठमाडौंमा २ कक्षामा अध्ययनरत समृद्ध राईले दिक्तेल रुपमकोट मझुवागढी नगरपालिकामा रहेको ज्योति सेकेन्डरी स्कुल जालपा अध्ययनरत अभिभावकविहीन विद्यार्थीलाई सहयोग गरेका हुन् ।
राई आफू जति वर्ष पुग्छन्, त्यति नै हजार सहयोग गर्दै आएका उनका अभिभावक दिपेन्द्र राईले बताए । ७ हजार रुपैयाँ धेरै होइन तर, सकेसम्म सक्नेले नसक्नेलाई सहयोग गर्नुपर्छ, बाँडेर खाने संस्कार विकास गर्न पर्छ भन्ने संस्कार वसाल्नका लागि यो कर्म गरिएको उनको भनाई छ ।
आफ्नो छोरा ६ वर्षको हुँदा छैटौं जन्मोत्सवमा चितवनको टाँडीमा रहेको ‘सानोघर’लाई सहयोग गरेका थिए भने यो वर्ष खोटाङको जालपा द्यिालयलाई गरेका हुन् ।
समृद्धको सानो सहयोगले ज्योति सेकेन्डरी स्कुल जालपा खोटाङमा अध्ययनरत भविष्यविहीन विद्यार्थीलाई सघाउ पुग्ने छ । सानोे सहयोगले ‘ज्योतिका साथीहरू’ नामक अभियान समृद्ध बन्दै जाओस् भनेर यो सहयोगको निरन्तरतता गरिने पनि दिपेन्द्र राईले बताए ।