आज:  | Mon, 25, Jan, 2021
FLASH NEWS

गाउँपालिका केन्द्र मै छैन संचार सुविधा


समृद्ध अनलाईन १५ मंसिर २०७७, सोमबार ११:५३ मा प्रकाशित ( महिना अघि) १५२ पाठक संख्या

ओखलढुंगा, मंसिर १५ गते । गाउँपालिका केन्द्र मै छैन संचार सुविधा भन्दा अपत्यारीलो लाग्छ । वास्तवमा ओखलढुंगाको चिसंखुगढी गाउँपालिका केन्द्रमा अझै स.चार सुविधा रहेको छैन । गाउँपालिका केन्द्र अझै सञ्चारविहीन अवस्थामा रहँदा दैनिक हुनेकाममा समेत प्रभाव परिरहेको छ ।
गाउँपालिका विभिन्न स्थानमा टेलीफोन टावर भएपनि गाउँपालिका केन्द्रमा कुनै पनि संचार कम्पनीको टावरलेले काम नगरेका कारण अझै गाउँपालिका केन्द्र संचार सम्पर्कबाट टाढा रहेको हो । गाउँपालिका केन्द्रमा सञ्चार सुविधा नहुँदा दैनिक कार्य सम्पादनमा कठिनाइ भएको छ । गाउँपालिका कार्यालयमा टेलिफोनले काम नगर्दा कुरा गर्न डाँडातिर धाउनुपर्ने बाध्यता रहेको गाउँपालिका अध्यक्ष निशान्त शर्माले बताए । जनताका गुनासा र समस्या धेरैजसो फोनमै समाधान हुने भए पनि सञ्चार सुविधा नहुँदा सर्वसाधरणले गाउँपालिका नै धाउनुपर्र्ने बाध्यता रहेको उनको भनाई छ ।
गाउँपालिकामा अहिले जडान गरेको इन्टरनेट भरलाग्दो नभए पनि जेनतेन काम चलाएर कार्यालयका पत्र आदानप्रदान गरिँदै आएको प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जीले बताए । गाउँपालिकाले निजी कम्पनीको वायरलेस इन्टरनेट जडान गरे पनि प्रभावकारी नहुँदा इन्टरनेट नभएकै कारण लामो समसयसम्म गाउँपालिका केन्द्रमा बैंकको शाखासमेत खुल्न सकेको छैन । सूचनाको माध्यम फोन नै नचलेपछि जनप्रतिनिधि र कर्मचारी भए/नभएको अनुमानकै भरमा गाउँपालिका केन्द्र पुग्नुपर्ने वाडा नं. ६ की स्थानीय अम्विका मगरको गुनासो छ ।
गाउँपालिका केन्द्रमा नेटवर्कको पहुँच हुने गरी नेपाल टेलिकमले टावर निर्माण प्रक्रिया अघि बढाईएको र विद्युत प्रधिकरण संग विद्युत जडानको लागि कुरा भईरहेको नेपाल टेलीकम ओखलढुंगाका सुचना अधिकार सान्तोष न्यौपानेले बताए । विद्युत प्रधिकरणले टेलीकमले राख्न लागेको टावर सम्म विद्युत पुर्याउनका लागि लागत स्टमेट आफुहरुलाई पठाईसकेको र अव टेलीकमले तेसको प्रकृया अगाडी बढाई सकेका कारण केही महिना मै गाउँपालिका केन्द्रलाई टेलीफोनको पहुँचमा पुग्ने उनको भनाई छ । ओखलढुंगाका अधिकाँश स्थानमा अझै सर्वसाधरण संचारको पहुँचबाहिर रहेका छन् । जिल्लाका अन्य विकट स्थानका स्थानमा पनि टेलीफोन टावर निर्माणमा ध्यान दिन सके र्वसाधरणहरु संचारको पहुँचमा आउने थिए ।