Advertisement
SKIP THIS
आज:  | Mon, 02, Aug, 2021
FLASH NEWS

एक महिना देखी न्याय नपाए पछि सामाजिक सञ्जालमा भिडीयो सार्वजानिक


समृद्ध अनलाईन २१ मंसिर २०७७, आईतवार ०८:१४ मा प्रकाशित ( महिना अघि) ४५६९१ पाठक संख्या

ओखलढुंगा,  मंसिर २२ गते । ओखलढुंगाको मोलुङ गाउँपालिका वडा नं ८ की एक स्वास्थ्य स्वंमसेवीकाले न्या नपाए पछि उनका आफन्तले घटनाको भिडीयो सार्वजानिक गरेका छन् । महिला स्वास्थ्य स्वंसेवीका कुटीएको एक महिना विती सक्दा पनि न्याय नपाए पछि सामाजिक सञ्जालमा भिडीयो सार्वजानिक भएको हो ।

मोलुङ गाउँपालिका वडा नं. ८ मा कात्तिक १५ गते महिला स्वास्थ्य स्वंसेवीका माथि हात पात भयो । आमा समुहको बैठक बसिराखेको अवस्थामा महिला स्वयंम सेविका कृष्ण कुमारी राई निर्घात रूपमा कुटपिट भए पनि उनलाई कुटपिट गर्नेहरु निर्धक्क भएर बसी रहेका छन् ।
आमासमुहको बैठक वसि रहेको अवस्थाममा राईलाई वडा नं. ८ कै मनिता राई, राजन राई र राजबिर राई मिलि निर्घात रूपमा कुटपिट गरका थिए । कुटपिटबाट गम्भिर द्धाईते भएकी महिला जिल्ला सदरमुकाममा रहेको ओखलढुंगा सामुदायिक अस्पतालमा उपचारार्थ भर्ना भए पछि कार्तिक १७ गते उनका श्रीमान भक्त राज राईले र बाँसबारी स्वास्थ्य आमा समुह राँगादिपले कार्तिक २१ गते जिल्ला प्रहरी कार्यलय ओखलढुगामा जाहेरी निबेदन हाले पनि अझै प्रहरीले दुईवटै निबेदन दर्ता नगरी दुवै निबेदन उपर कारवाहि अगाडी बनबढाएको पिडीत राई परिवारकोे भनाई छ ।
तर प्रहरीलाई जानकारी नै नदिई पिडीत भनिएकी राई बिएण्डसि अस्पतालमा उपचारको लागि पुगेको र झडपको विषयमा आफुहरुलाई पछि मात्रै जानकारी भएको जिल्ला प्रहरी प्रमुख रुपेश खड्काको भनाई छ । झडपमा पिडक भनिएकी मनिता राईको झडप कै कारण दुई महिनाको गर्भपतन भएको भनि प्रहरीकोमा पुनः निबेदन आए पछि मिलापत्र हुन नसक्दा दुवै पक्षलाई अदालत जान सल्लाह दिएको खड्काले बताए ।
पीडित राईले न्यायको लागि ईलाका प्रहरी कार्यलय रामपुर र जिल्ला प्रहरी कार्यलय ओखलढुंगामा उजुर गर्दा प्रहरीले राजनैतिक दबाबका आडमा निवेदन समेत दर्ता नगरेको पिडीतका श्रीमान राईको भनाई छ । पिडीत परिवारले पिडकहरुलाई गिरफ्तार गरि कानुनी दायरामा नल्याउनुको सट्टा सो घटना मिलाउनु भनेले आफुहरुले न्याय नपाएको उनको भनााई छ ।