आज:  | Mon, 25, Jan, 2021
FLASH NEWS

झापाको शनिश्चरेमा ५० लाख लगानिमा फिटनेस संचालनमा


समृद्ध अनलाईन २७ मंसिर २०७७, शनिबार १४:०९ मा प्रकाशित ( महिना अघि) १७८ पाठक संख्या

अर्जुनधारा,मंसिर २७ गते । अर्जुनधारा नगरपालिकाको शनिश्चरे बजारमा अर्जुनधारा फिटनेस सञ्चालनमा आएको छ । स्थानीय युवाहरुको संयुक्त लगानीमा सञ्चालनमा ल्याइएको फिटनेस शनिबारदेखि औपचारीक रुपमा संचालनमा आएको हो ।
खेलाडी उत्पादन र कुलतमा फसेका युवाहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको फिटनेसको शनिबार एक कार्यक्रमका विच अर्जुनधारा नगरपालिकाका नगरप्रमुख हरिकुमार रानाले उद्घाटन गर्दै स्वास्थ्यप्रति सचेत युवाहरुको पहलले नगरलाई दुव्र्यसनमुक्त बनाउन टेवा मिल्ने बताउँदै दुव्र्यसनमा फसेका युवाहरुको समुचित व्यवस्थापन गर्न सफलता मिल्नेमा आफु विस्वस्थ् हेकोे बताए ।
कुल ५० लाख लागत रहेको पिटनेस व्यावसायिकरुपले आवश्यक सामग्री भित्र्याइएको र महिला र पुरुष दुवैका लागि व्यवस्थित फिटनेस उद्घाटनका अवसरमा १५ दिनसम्म निशूल्क सदस्यता दिइने सञ्चालक सदस्य मनोज गोम्देनले जानकारी दिए । युवाहरुको जोश र जाँगरबाट सञ्चालनमा आएको फिटनेस नगरको गौरवका रुपमा राख्न संचालकहरु अग्रसर रहने संचालकहरुको भनाई छ । गोम्देनसँगै विजय सेन्दाङ, विशाल भण्डारी, प्रदीप खड्का, राघव थापा, कृष्ण तामाङ, विकास खड्का, जिवल थापा र सुनिल बुढाथोकी फिटनेसका सञ्चालक सदस्य छन् ।