आज:  | Mon, 25, Jan, 2021
FLASH NEWS

समानुपातिक विकासमा सिङ्गो प्रदेशको विकासमा आफूहरु दत्तचित्त भएर लागिरहेछौं– आन्तरिक मामिला तथा कानुनमन्त्री कार्की


समृद्ध अनलाईन २८ मंसिर २०७७, आईतवार १६:०९ मा प्रकाशित ( महिना अघि) ११३ पाठक संख्या

बाह्रदशी, मंसिर २८ गते । समानुपातिक विकासमा सिङ्गो प्रदेशको विकासमा आफूहरु दत्तचित्त भएर प्रदेश सरकार लागि परेको आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले बताएका छन् । झापाको बाह्दशशी गाउँपालिका वडा नं. १ र ३ नम्वर वडाको नव निर्मित भवनको शिलान्यास गर्दै मन्त्री कार्कीले यस्तो बताएका हुन् ।
आइतवार विहान गौरादहमा ट्राफिक प्रहरीले तयार गरेको भवनको उद्घाटन गरेर  बाह्रदशी गाउँपालिकामा दुईवटा वडा कार्यलयको १ नं. प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले गरेका छन् । भवन शिल्यान्यास र उद्घाटन कार्यक्रममा उनले प्रदेश सरकारले अहिले समानुपातिक विकास गरिरहेको र बाह्रदशी मात्र होइन सिङ्गो प्रदेशको विकासमा आफूहरु दत्तचित्त भएर लागीपरेको बताए । उनले बाह्रदशीको विकासका लागि प्रदेशसरकार तयार रहेको र यस ठाउँको विकासका लागि के कस्ता योजना सञ्चालन गर्नु पर्छ छनौट गरेर प्रदेश सरकारसँग माग गर्न अनुरोध समेत गरे ।
भवन शिल्यान्यस पछि अमृत माविको र पशुपति माविमा निर्माण गरिएको भवनको उद्घाटन र बाह्रदशी गाउँपालिका–१मा तयार गरिएको ज्येष्ठ नागरिक भवनको समेत उद्घाटन गरेका छन् । बाह्रदशी गाउँपालिका– १ को अमृत मावि र वडा नं. ३ पशुपति मावि रहेका छन् ।
बाह्रदशी गाउँपालिका–३ को वडा कार्यालयका लागि राजगढ बजारदेखि पश्चिमतर्फ निर्माण हुने भएको छ । आर्थिक वर्ष २०७७÷०७८ मा गाउँपालिकाबाट प्राप्त वडाको १ करोड १० लाख बजेटमध्ये २५ लाख रुपैयाँबाट कार्यालय भवन निर्माण थालिएको वडाध्यक्ष वीरेन्द्र राजवंशीले बताए । वडा कार्यालय भवनका लागि लखु राजवंशीले ३ कठ्ठा र जानकीदेवी कार्कीले २ कठ्ठा जग्गा निःशुल्क प्रदान गरेसँगै वडाको भवन बन्न लागेको उनको भनाई छ ।
त्यस्तै १ नं। वडा कार्यालयका लागि समेत भवन निर्माण थालिएको छ । भागुडुव्वा वजार नजिकै निर्माण गरिने भवनमा गाउँपालिकाको १० लाख र वडा कार्यालयको ३८ लाख ५० हजार रुपैयाँको बजेटमा भवन निर्माण गरिने वडाध्यक्ष शम्भुसिंह राजवंशीले बताएका छन् । भवनका लागि दुर्गावती राजवंशीले ४ कठ्ठा जग्गा निःशुल्क उपलव्ध गराएकी छिन् ।
त्यस्तै बाह्रदशी गाउँपालिका–१ मा नै ज्येष्ठ नागरिकको हक हितका लागि प्रदेश सरकारको सहयोगमा ‘ज्येष्ठ नागरिक सामुदायिक भवन’ निर्माण भएको छ । सो भवनको पनि मन्त्री कार्कीले नै उद्घाटन गरेका छन् । बाह्रदशी गाउँपालिका–१ भागुडुब्बामा प्रदेश सरकारको एक करोड ३६ लाख ६५ हजार रुपैयाँको लागतमा ज्येष्ठ नागरिक सामुदायिक भवन निर्माण गरिएको बाह्रदशी गाउँपालिका–१का वडाध्यक्ष राजवंशीले बताए ।
मन्त्री सहभागी रहेको कार्यक्रममा वाह्रदशी गाउँपालिकाअध्यक्ष खड्गप्रसाद राजवंशीलेवाह्रदशीको विकासमा संघीय सरकारलेविभेद गरे पनि प्रदेश सरकारले सहयोगगरेको भन्दै खुशी व्यक्त गरे । उनलेगाउँको विकासका लागि पालिकाले समेतउच्च प्राथमिकता राखेको बताउँदै सबैनागरिकलाई विकासको गतिमा जोड्नस–साना कार्यक्रमहरु सञ्चालन गरिरहेको बताए । उनले वाह्रदशीको विकासका लागि गाउँ पालिकाले कुनै कसर वाँकी नराख्ने धारणा राखे ।
कार्यक्रममा बाह्रदशी गाउँपालिकाभित्रका राजनीतिक दलका प्रतिनिधि,सर्वसाधारण, नागरिक समाज, शिक्षासेवी, दाता तथा दाता परिवारका सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन बाह्रदशी गाउँपालिकाका योजना अधिकृत तेजप्रसाद रेग्मीले गरेका थिए । कार्यक्रममा बाह्रदशी गाउँपालिका वडा नम्वर २ का वडा अध्यक्ष यादव मिश्र, ३ का वीरेन्द्र प्रसाद राजवंशी सहित सात वटै वडाका जनप्रतिनिधिको सहभागीता रहेको थियो ।