आज:  | Mon, 25, Jan, 2021
FLASH NEWS

क्यान्सर पीडित महिलाको उपचारकालागि रकम प्रदान


समृद्ध अनलाईन ७ पुष २०७७, मंगलवार १६:१२ मा प्रकाशित ( महिना अघि) ९८ पाठक संख्या

ओखलढुंगा, पौष ७ गते । ओखलढंगाको चिशखुगढी चस्कू युवा क्लबले क्यान्सर पीडितको उपचारका लागि रकम प्रदान गरेको छ । कोरोना कहरबीच स्वास्थ्य सुरक्षाा ख्याल गर्दै देउसी खेलेर जुटाएको नगद चिशंखुगढी १ कुईभिरकी क्यान्सर पीडित महिला भीमकुमार थुलुङको उपचारका लागि प्रदान गरेको हो ।
क्लबसिहत स्थानीय अन्य संस्थाहरुले समेत सहयोग थुलुङलाई उपचारार्थ सहयोग गरेका छन् । क्लबको २५ हजार, पौराणिक मारुनी संरक्षण समितिको कोषमा रहेको चालीस ४० हजार र चस्कू स्वास्थ्य आमा समूहबाट १० हजार गरी एकमुष्ट पचहत्तर हजार रुपैयाँ क्यान्सर पीडित भीमकुमारीलाई प्रदान गरिएकोे क्लबका अध्यक्ष जसिहब थुलुङले जानकारी दिए ।
विशेष गरी शिक्षा, स्वास्थ्य, खेलकुद, कला तथा साहित्यलाई जोड दिएर सामाजिक विकासमा भूमिका खेल्ने उद्देश्यका स्थापना भएको क्लव विगतमा विद्यमान चस्कू सांस्कृतिक परिवारका रुपमा संचालित रहेको थियो । आर्थिक अवस्था कमजोर भएकी भिमकुमारीको उपचारका लागि मात्र नभएर आफुहरु समाजिक क्षेत्रमा यसरी नै काम गरि रहने क्लवका अध्यक्ष थुलुङले बताए । साथै भिमकुमारीको उपचारका लागि सहयोग गर्न क्लवले सबैलाई अनुरोध गरेको छ ।