Advertisement
SKIP THIS
आज:  | Mon, 02, Aug, 2021
FLASH NEWS

ग्रामिण बिद्युतीकरणको रकम हिनामिना भए पछि गाउँ अँध्यारोमा


समृद्ध अनलाईन ११ पुष २०७७, शनिबार ०८:५४ मा प्रकाशित ( महिना अघि) ३००२७ पाठक संख्या

ओखलढुंगा, पौष ११ गते । ओखलढुंगाको सिद्धिचरण नगरपालिकाले वडा नं. १० वेतीनीका कृष्णबहादु थापा मगर गाउँमा बत्ती बलने भयो भनेरर हर्सित भएको ३ वर्ष विती सक्दा पनि गाउँमा बत्ती बलेन । उनि मात्र हैन गाउँबाट वारी पारी भएको उज्यालो हेरेर बसेका वेतिनी रुप्सेको मगर वस्तिका सबै बुढापाकाहरु खुसी देखिन्थे विजुली बत्ती बाल्न पाईने भयो भनेर ।
नजिकै सदरमुकाममा विजुली बलेको ३५ वर्ष पुग्न लाग्दा पनि आफुले विजुली बत्ती बालेर मर्ने धोको अझै पुरा भएन यहाँको मगर समुदायको । नगरपालिकाले २०७५–०७६ मा वडा नं. १० वेतिनीको रुप्सेमा केन्द्रीय विद्युत विस्तारका लागि विनियोजन गरेको १५ लख ९९ हजार विनियोजन गर्यो । यसरी नगरपालिकाले ग्रामीण विद्युतीकरणका लागि रकम विनियोजन गरेपछि आफुले मत दिएर जिताएका जनप्रतिनिधि देखी खुसी भएका रुप्सेवासी अहिले निराश भएका छन् ।
कथा यस्तो छ विजुलीको कथा
केन्द्रीय विद्युत विस्तारका लागि नगरपालिकाबाट २०७५–०७६ मा प्राप्त पुँजीगत पूर्वाधार विकास अनुदान बावतको रकमको वास्तविक कथा अर्कै रहेका कारण रुप्सेवसी अझै अँध्यारोमा रात विताउन बाध्य रहेका छन् । वेतीनीको रुप्सेका लागि जनसहभागिता १ लाख ९९ हजार सहित १५ लाख ९९ हजार ६ सय ३७ रुपौया स्टीमेट गरिएको केन्द्रीय विधुत पोल तार ट्रासफर्मर खरिद योजनाका लागि १४ लाख अनुदान उपलब्ध गराएको थियो । तर नत जनसहभागिता भयो नत रुप्सेमा विजुली नै बल्यो ।
रुप्सेमा बत्ती बाल्नका लागि सिद्धिचरण नगरपालिका वडा नं. १० का वडा अधयक्ष दामोदर धमलाले आफु निकटको मानछेलाई उपभोक्ता समितीको अध्यक्ष बनाएर काम सुरु गरे । तर काम भएन नगरपालिकामा योजना फरफराक भई सकेको पछि मात्र स्थानीयले मेलो पाए वडा अध्यक्षको मिलेमतोमा बिद्युतिकरणमा आएको रकम हिनामिना भएको भन्ने । ३ वर्ष देखि सबिक बेतिनि १, २, ३, ४ र ५ मा बत्ती झिलिमिली बलेको भए पनि आफ्नो गाउँमा विजुलीका लागि पैसा आएको भए पनि र मगर गाउँ भएकैले ६, ७, ८ र ९ मा बिस्तार भएन कारण मगर सोझ हुने भएका कारण हिसाव लटपटर पारेर सकिन्छ भनेर काम नगरेको स्थानीय चेतबहादुर मगरले बताए ।
नगरपालिकाले बजेट दिएको भए पनि नेपाल विद्युत प्राधिकरण ओखलढुंगाबाट पोल, तार र ट्रासफर्मर अनुदानमा ल्याएर कहाँ के गरे भन्ने अत्तोपत्तो नपाएको उनले बताए । पैसा आएको छ भनेर आफुहरुले बत्तीको बिसयमा चासो राख्दा वडा अध्यक्ष कै सम्लग्नतामा भ्रस्टाचार भएको छ भन्ने पो सुनिन्छ अझ नगर प्रमुख मोहनकुमार श्रेष्ठले उनलाई वडा अध्यक्षलाई संरक्षण गरेको भन्ने हल्लाले हामीले राज्य लुट्नलाई जनप्रतिनिधि बनाएछौं भन्ने अनुभुती हुन लागेको उनले बताए ।


वडा अध्यक्षको कारण विद्युत विस्तार भएन
सिद्धिचरण नगरपालिका वडा नं. १० को वेतीनीमा विद्युतिकरणका लागि विद्युत प्रधिकरणबाट १४ लाख र नगपालिकाबाट २ लाख जनसहभागिता सहित १५ लाख ९९ हजार विद्यत विस्तार हुन नसकेको अनुगमन समितीका संयोजक जीवनाथ धमलाल बताए । उनले करिव ४ लाख खर्च गरी बाँकी रकमको फर्जी विल बनाएर भ्रष्टाचार गरेको बताए । विद्युत प्राधिकरण र नगरपालिकाबाट सूचना माग गरी अध्ययन गर्दा योजनाको रकम हिनामिना गरेकोे पाइएको धमलाको भनाइ छ । प्राधिकरणले दिएको ७३ थान पोल गाड्न र खाजा खर्च गरी अधिक्तम चार लाख भन्दा खर्च नभएको उनको जिकीर छ । वडाअध्यक्षको संलग्नतामा रकम हिनामिना भएका काररण गाउँ अँध्यारोमा बस्न बाध्य भएको उनले बताए ।
विनियोजन भएपनि वडामा स्टीमेट अनुसारको काम नभएका कारण अख्तियारमा मुद्दा परेकोले बिस्तार हुन नसकेको भनेर रुप्सेका स्थानीय मोहन मगरले जानकारी दिए । सरमुकामको उज्यालो हेरेर वर्षौ विताएका आफुहरुको उज्यालोमा वस्ने सपना वडा अध्यक्षलको मिलेमतोमा चकनाचुर पारेको उनले बताए ।
अनुदानको समानमा लाहानको वील
बिद्युत प्रधिकरणबाट अनुदानमा ल्याईएका समानको लाहानबाट विल वनाएर ल्याएको पाईएको छ । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र ओखलढुंगाबाट पोल, तार र ट्रासफर्मर अनुदानमा ल्याएर लाहानबाट विल वनाएर ल्याईएको पाईएको हो ।
योजनाका लागि प्राधिकरणले ८ मिटरका ६६ थान, ९ मिटरका ७ थान पोल, ९ थान स्टे सेट, ०.०३ को ५ कि.मि तार र २५ के.भी को १ थान ट्रासफर्मर उपलब्ध गराएको नेपाल विद्युत प्राधिकरण ओखलढुंगाले जनाएको छ । तर उपभोक्ता समितिले नगरपालिकामा पेश गरेको विल भरपाएमा ९ मिटरका १० थान पोल खरिद गरेको उल्लेख गरिएको भएmपनि उक्त पोल फिल्डमा कतै देखिएका छैनन् । विद्युत विस्तार योजनामा अनियमितता भएको विषयमा सम्बन्धि पक्षबाट छानविन समेत नभएको स्थानीयले गुनासो गरेका छन् ।
नगरपालिकाले विनियोजन गरेको बजेटबाट तार र पोल किनेको भन्दै वडा अध्यक्ष दामोदर धमलाको मिलेमतोमा उपभोक्ता समितिका अध्यक्ष डिक कुमार धमलाले फर्जि विल बनाएर योजना फरफारक गरेको नेकपा जिल्ला कमिटी सदस्य स्थानीय डुकराज धमलाले आरोप लगाए । लाहान स्थित नमामी सप्लायर्सले जारी गरेको विल अनुसारका पोल तथा तारहरु फिल्डमा एउटा पनि नभएको र ८ फुटे र ९ फुटे सबै पोलहरु विद्युत प्राधिकरणले दिएको र तार समेत पुराना प्रयोग गरी आयोजना बाट मोटो रकम अनियमितता गरेको उनले बताए ।


के भन्छन वडा अध्यक्ष
स्थानीयको आरोप भए पनि वडामा आफुले निरन्तर विकासका कामहरु गरि रहेको वडा अध्यक्ष दामोदर धमलाले बताएका छन् । बिद्युत प्रधिकरणले दिएका पोल तार तथा ट्रन्सफर्मर जडान गरि वडाको आधा भुभागमा बिद्युतीकरण गरिएको रअन्य स्थानमा पनि काम धमाधम भई रहेको उनले बताए । केही मानिसहरुको राजनितीक प्रतिसोधका कारण आफुलाई नङ्ग्याउनका लागि आरोप लागाएका भए पनि उनिहरुको आरोप सरासर झुटो भएको उनको भनाई छ ।
छानविन भएन
विद्युत योजनामा व्यापक भ्रष्टाचार भएको प्रमाणसहित प्रमुख जिल्ला अधिकारी लगायतका निकायमा ध्यानाकर्षण गराउदा समेत समयमै छनविन नभएको स्थानीयको भनाई छ । नगरपालिका तथा जिल्ला प्रसाशनको अनुगान टोली समेत आएर अनुगमन गरेको भए पनि आज सम्म छानविन नगेको स्थानीय देवीस्थान लघुजलविद्युत योजनाका अध्यक्ष समेत रहेका गुणराज धमलाले गुनासो गरे । उनले डो हाजीर समेत गाउँमा नभएका मान्छहरुको गराएको पाईएको बताए । बेतिनीबासीहरुले वडा अध्यक्ष समेतको संलग्नतामा भएको अनियमितताको छानविन गर्न नगरपालिका र प्रमुख जिल्ला अधिकारीलाई पटक पटक ध्यानाकर्षण गराएका भए पनि तर अझै छानविन हुन नसकेको स्थानीय पदम प्रृाद वास्तोलाले बताए । वडाअध्यक्ष मार्फत आएका पोल समेत सोलुहाईड्रोको पोल भएको पाईएका कारण यस्ता भ्रष्टहरुलाई काररबाही हुनु पनेृ उनको माग छ ।
स्थानीय नागरिकले पटक पटक ध्यानाकर्षण गराउदा समेत स्थानीय तह र प्रशासनले त्यसलाई बेवास्था गरेको, अक्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुर्याएको उजुरीलाई सहजीकरण गर्नुको सट्टा अक्तीयारको टोलीलाई स्थलगत अनुगमनमा जानबाट रोकेर नगरपालिकाले मिलेमतोमा योजना फरफारक गरी बजेट दुरुपयोग गरेको नेपाली कांग्रेस सिद्धिचरण नगरपालिका उपसभापति रमेश धमलाले आरोप लगाए । हाल ठड्याइएका पोल नेपाल विद्युत प्राधिकरणले दिएका त्यसैलाई किनेको नक्कली विल पेश गरी नागरिकलाई झुक्याएर वडा अध्यक्ष सहित उपभोक्ता समितिका पदाधिकारीले भ्रष्टाचार गरेको प्रष्ट भएको उनले बताए । जनताको नाममा आएको विकास बजेटलाई चरणबद्धरुपमा अनियमितता गरेको विषयमा उजुरी गर्दा नगरपालिकाले त्यसलाई सामान्य रुपमा लिएर अनियमिततालाई ढाकछोप गर्न लागेको उनको आरोप छ ।
अख्तियारमा फाईल पुग्यो
विद्युत योजनामा भएको अनियमितताका विषयमा विल भरपाई झिकाइ अध्यान गर्दा केही कमजोरी देखिएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए । यसको क्षेत्राधिकार अक्तियार दुरुपयोग अनुसन्धान आयोगको भएकाले थप छानविनकालागि अक्तियार दुरुपयोग गनुसन्धान आयोग प्रदेश कार्यालय इटहरीमा फाइल पठाइ सकिएको प्रजिअ पौडेलको भनाई छ ।

के भन्छन् स्थानीय