आज:  | Sun, 24, Jan, 2021
FLASH NEWS

वैशाखमा चुनव गरेर देखाउनुस कांग्रेस चुनावबाट भाग्दैन-खतिवडा


समृद्ध अनलाईन १३ पुष २०७७, सोमबार १९:४९ मा प्रकाशित ( हफ्ता अघि) १७८ पाठक संख्या

ओखलढुंगा, पौष १३ गते । नेपाली काँग्रेसका नेता तथा संविधान सभाका सभासद् रामहरि खतिवडाले प्रधानमन्त्री केपी ओलीलाई बैशाखमा निर्वाचन गरेर देखाउन भनेका छन् । काँग्रेसले ७७ वटै जिल्लामा एक साथ गरेको विरोध सभामा ओखलढुंगा पुगेका खतिवडाले प्रधानमन्त्री वलीलाई बैशाखमा चुनाव गरेर देखाउन भनेका हुन् ।
उनले ओलीलाई ईंगीत गर्दै चुनावबाट कांग्रेस भाग्दैन तर वैशाखमा चुनव गरेर देखाउनुस् ‘तपाईको हारका सुरुवात ओखलढुंगाबाट हुने र ओखलढुंगेली जनताले आलीलाई लखेट्ने बताएका छन् । नारा जुलुससहित काँग्रेस जिल्ला पार्टी कार्यालयबाट निस्केको जुलुस रमाईलो डाडामा पुगेर सभामा परिणत भएको थियो ।
जुलुसको नेतृत्व जिल्ला सभापति प्रदिप सुनुवार, रामहरि खतिवडा, बालकृष्ण दाहाल, खिलानाथ दाहाल लगायतले गरेका थिए । सदरमुकाम ओखलढुंगामा प्रधानमन्त्री केपी ओलिले गरेको संसद विघटन तथा निर्वाचन घोषणा विरुद्ध नेपाली कांग्रेसले भव्य प्रदर्शन गरेको छ । नेताहरुले संसद विघटन संविधान र लोकतन्त्र माथिको प्रहार भएको बताएका थिए । ओखलढुंगामा भेला भएका काँग्रेस नेताहरुले ओलिले चुनाव गराउने नियतले संवसद विघटन नगरेको र यो असंवैधानिक कदमले देश दुर्घटना तर्फ जाने तर्क गरेका थिए ।