आज:  | Mon, 25, Jan, 2021
FLASH NEWS

शिवसाताक्षीमा नेतृत्व विकास तथा योजना छनौट सम्बन्धी तालिम शुरु


समृद्ध अनलाईन १६ पुष २०७७, बिहीबार १६:२० मा प्रकाशित ( हफ्ता अघि) १०८ पाठक संख्या

शिवसताक्षी, पौष १६ गते । झापाको शिवसाताक्षीमा महिलाहरुलाई लक्षित गरि ५ दिने नेतृत्व विकास तथा योजना छनौट सम्बन्धी तालिम शुरु भएको छ । स्थानीय तहका जनप्रतिनिधि, स्थानीय संघ–संस्थाका पदाधिकारी तथा प्रतिनिधि र अगुवा महिला लक्षीत गरि शिवसताक्षी नगरपालिकाको सहयोग र नारी सञ्चार गृह झापाको आयोजनामा तालीम सुरु भएको हो ।
तालिमको मुद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले गरेका थिए । उद्घाटन कार्यक्रममा संवोधन गर्दै नगप्रमुख शर्माले तालिममा सिकेका कुरालाई व्यवहारिक रुपमा कार्यान्वयनमा ल्याउन आग्रह गर्दै तालिमले आगामी दिनमा नगरका योजना छनौटमा सहयोग पुग्ने बताए । त्यस्तै नगरपालिकाका उपप्रमुख भोजकुमारी नेपालले पदिय जिम्मेवारी अनुसार काम गर्ने क्षमता विकासमा पनि महिलाहरुले विकास गर्न जरुरी रहेको धारणा ब्यक्त गरेकी थिईन् ।

नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तारामणी सापकोटाले तालिमलाई साधनाका रुपमा लिएर साध्यका रुपमा प्रविधिलाई पनि प्रयोग गर्न सकिने तर्फ ध्यानाकर्षण गराएका थिए । नारी सञ्चार गृहका अध्यक्ष भीमा शिवाकोटीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राई, लेखा अधिकृत प्रकाश लिम्बू, योजना अधिकृत प्रकाश चौधरी, नारी संचार गृहका संस्थापक अध्यक्ष सावित्रा दाहाल, निवर्तमान अध्यक्ष अम्बिका भण्डारी, सल्लाहकार लीला अनमोल, विनोद सापकोटा, छविलाल दवाडी लगायतको उपस्थिति रहेको थियो ।
जनप्रतिनिधि, स्थानीय संघ–संस्थाका पदाधिकारी तथा प्रतिनिधि र अगुवा महिलाहरुको सहभागित रहेको तालिममा ५६ जना बढीको सहभागिता रहेको तालिमको पहिलो दिन विहीबार प्रेम गिरीले उत्प्रेरणा सम्बन्धी विषयमा सहजीकरण गरेका नारी संचार गृहका सहसचिव शुशिला संग्रौलाले जानकारी दिइन्न् ।सचिव भूमिका सुब्बाले सञ्चालन गरेको कार्यक्रममा स्वागत  उपाध्यक्ष रेजिना गौतमले गरेकी  थिईन् ।