आज:  | Mon, 25, Jan, 2021
FLASH NEWS

जाने हैन पोकली झरनाः फोटो फिचर


समृद्ध अनलाईन १७ पुष २०७७, शुक्रबार १०:४४ मा प्रकाशित ( हफ्ता अघि) ६६० पाठक संख्या

ओखलढुुंगाः केही दिनअघि काठमाण्डौको भृकुटी मण्डपमा ओखलढुंगाकमा रहेको पोकली झरनाका विषयमा तयार गरिएको बृतचित्र सार्वजानिक गरियो । भ्रमण वर्ष २०२० का लागि सय गन्तव्य सूचिमा सुचिकृत पोकली झरना ओखलढुंगाको लिखु गाउँपालिकाको वडा नं. ९ मा अवस्थित छ । नेपाल कै दोश्रो अग्लो झरना पोकलीको १३३ मिटर अग्लो उचई रहेको छ ।


लिखु गाउँपालिकाको वडा नं. ९ को लेती र वाच्पु गाउँलाई पोकली झरनाले नै छेट्याएको छ । दुई गाउँको बीचमा रहेको सुन्दर पोकली झरना अग्लो पहराबाट आफ्नै सुर अनि तालमा उर्लिरहेको छ । पोकली झरनामा पुगेर प्रकृतिसंग रमाउनेहरुको आजभोली घुईचो नै लाग्ने गरेको छ । वर्षा रोकिएर घामले घमाइलो दिन हुने समय भदौ देखि असार सम्म यहाँ आउने आन्तरिक तथा वाह्य पर्यटकहरु खुसी नभई फर्कदैनन् । भदौ देखि कात्तीक सम्म छेउमै पुगेर हेर्दा पोकली झरनाको वैँश साँच्चिकै मनमोहक देखिन्छ । झरनाको किनारमा बस्दा पानीका छिटाले मन आनन्दित बनाइरहेको हुन्छ ।
पर्यटकीय गन्तव्य पोकली ओखलढुंगाको दुर्गम ठाउँ भए पनि काठमाण्डौबाट एकदिनको यात्रामा पुग्न सकिन्छ । तराई तथा काठमाण्डौ देखि सिन्धुलीको खुर्काेट हुँदै रामेछापको मन्थली पुगे पछि पोकली जाने दुईवटा बाटो रहेका छन् । सिधै पोकली जाने हुँदा रामेछापको सदरमुका मन्थलीाट रामेछाप कै लिखुतामाकोशी गाउँपालिकाको केन्द्र धोवी बजारमा पुगेपछि पोकली झरना देख्न सकिन्छ ।

धोवी वजारबाट १ घन्टाको यात्रा पछि सिरीसे वजारहुँदै पोकली झरना सम्म पुग्न सकिन्छ । पछिल्लो समय पर्यटकिय क्षेत्रमा पुर्वाधारविकासका काम समेत धमाधम भई रहेको र पोकलीलाई आफुहरुले विश्व सामु चिनाउन लागि परि रहेको पोकली झराना सेवासमाजका अध्यक्ष मिलन बिष्टले बताए । पोकली झरनामा पुगेर झरनालाई एकोहोरो हेरिरहन मात्रै मन लागिरहन्छ । पोकली झरनालाई विभिन्न समयमा कैद गएिका तस्विरहरु ।

यो पनि हेरौ