आज:  | Mon, 25, Jan, 2021
FLASH NEWS

झापामा पहिलो पटक किसान परिचयपत्र


समृद्ध अनलाईन १८ पुष २०७७, शनिबार १०:१० मा प्रकाशित ( हफ्ता अघि) १२४ पाठक संख्या

केशब चापागाईं/ कामाटोली, पौष १८ गते । झापामा पहिलो पल्ट किसान परिचयपत्र वितरण सुरु गरिएको छ । झापा गाउँपालिका(३ मा रहेको एग्री सेन्टर झापा प्रालीले जिल्लाकै नमुनाका रुपमा किसान परिचयपत्र वितरण गरेको हो ।
आर्थिक वर्ष ०७१÷७२ मा सुरु भएको ‘किसान परिचयपत्र’ वितरण कार्यक्रम १० जिल्लामा पुगे पनि किसान वर्गीकरणको कार्यविधिनै अपूर्ण भएपछि अहिले सम्म सफल हुन सकेको छैन । सरकारी तहबाट परिचय वितरण नगरिए पनि झापामा झापा गाउँपालिका(३ मा रहेको एग्री सेन्टर झापा प्रालीले परिचयपत्र बिहिबार देखि कृषक परिचयपत्र वितरण गर्न थालेको हो ।
एग्री सेन्टरले किसानहरुको पहिचान गरि कृषि पेशालाई गर्व गर्न लायक र कृषीबाट सामाजिक, पारिवारिक समृद्दी ल्याउनका लागि किसान परिचित हुनु नै पहिलो आधार हो भन्ने मान्यताका साथ परिचयपत्र वितरण गरिएको एग्री सेन्टर झापा प्रालीका संचालक चन्द्रप्रसाद बस्नेतले बताए । कृषक परिचयपत्र पाएका किसानहरुले किसान क्रेडिट कार्डू प्राप्त गर्न योग्य हुने उनको भनाई छ । कम्पनीले कृषक परिचयपत्र पाएका किसानलाई कम्पनीबाट मल, बीउविजन, विषादी तथा कृषि औजार खरिदमा समेत छुट पाउने व्यवस्था गरेको संचालक बस्नेतले जानकारी दिए ।
सहजताका लागि किसानका उत्पादित बस्तुको वजारीकरणमा समन्वय, अनुदानका कार्यक्रममा कम्पनीका तर्फबाट पहल, कृषि यन्त्रीकरणका लागि गाउँपालिका संग पहल गर्ने लगायतका कामहरु एग्रो सेन्टर झापा प्रालीले गर्ने उनले बताए ।

आफुहरुले परिचयपत्र पाएपछि आँफु खुसी भएको झापा गाउँपालिका(३ निवासी महेश उराँवले बताए । उनले कृषक परिचयपत्र पाएपछी कम्पनीका तर्फबाट किसानलाई फसल तयार गर्न सहज हुने विश्वास व्यक्त गरेका छन् । कृषि ज्ञान केन्द्र झापाकी विषादी निरिक्षक एजिना खडकाले किसान परिचयपत्र वर्गीकरणबाट गर्नुपर्ने बताईन् । उनले साना किसान, ठुला किसान कसलाई किसान मान्ने भन्ने बारे ठ्याक्कै भन्न नसकिएको र एग्री सेन्टरले प्राइबेट तर्फबाट वितरण गरेको परिचयपत्र हो, उहाँहरुले कुन मापदण्डका किसानलाई परिचय पत्र वितरण गर्नुहुदैछ, यसबारे अहिले के ही भन्न नसकिने बताईन । नेपालमा जग्गा धनिपुर्जा प्रमाणपत्र भएका,नेपाली नागरिक, कृषीमा आत्मनिर्भर भएका, फौजदारी अभियोग नलागेका, कृषीमा आधुनिकीकरण भएका र मेहनती परिश्रमी इमन्दार किसानलाई परिचयपत्र वितरण गरिएको कम्पनीले जनाएको छ ।