आज:  | Mon, 25, Jan, 2021
FLASH NEWS

ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु


समृद्ध अनलाईन १८ पुष २०७७, शनिबार १३:१७ मा प्रकाशित ( हफ्ता अघि) ५८ पाठक संख्या

अर्जुनधारा, पौष १८ गते । झापाको झापा गाँउपालिका–६ शर्णामती मा ट्याक्टरको ठक्ककरबाट एक जनाको मृत्यु भएको छ । स्थानीय ४० बर्षीया कुमारी बराईलीको ट्याक्टरको ठक्करबाट मृत्यु भएको हो ।

शुक्रबार दिउँसो शर्णामतीको भित्री सडकखण्डमा मे १ त ५९८९ नम्बरको ट्याक्टरले पैदली हिडिरहेकी कुमारीलाई ठक्कर दिदा उनि गम्भिर घाईते भएकी थिईन । गम्भिर घाईते भएकी कुमारीको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा अपरान्ह ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ठक्कर दिने ट्याक्टर र चालक सोही स्थानका ४३ बर्षीय दिपक खतिवडा नियन्त्रणमा रहेको  प्रहरीले जनाएको छ ।