आज:  | Mon, 25, Jan, 2021
FLASH NEWS

आँफु नभए अरुलाई पनि सक्छु भन्ने भष्मासुर शैली त्यागौं- योगेश भट्टराई


समृद्ध अनलाईन १८ पुष २०७७, शनिबार १६:२६ मा प्रकाशित ( हफ्ता अघि) १२२ पाठक संख्या

विर्तामोड पौष १८ गते । नेकपाको अन्तरद्धन्द्धले अन्तिम रुप लिई रहेको अवस्थामा एकअर्को समुहले शक्ति प्रदर्शन गरि रहेका छन् । शनिबार झापाको विर्तामोडमा नेकपा दाहाल–नेपाल पक्षले शक्ति प्रदर्शन गरेको छ ।
नेपालका् कम्युनिष्ट आन्दोलनको ईतिहाँस बोकेको क्रान्तिकारी जिल्लाका रुपमा चिनीने झापा ओलीको कदमको मुकदर्शक बन्न नसक्ने बताउँदै नेताहरुले अवसरवादी र दक्षिणपन्थीको जिल्ला हुन नसक्ने र प्रतिगमनको मतियार बन्न नसक्ने बताएका थिए । विरोध कार्यक्रममा प्रधानमन्त्री ओलीले संविधान कुल्चने काम गरेको उनले आफ्नो अधिनायकवादी चरित्र उदाङ्गो पारेको बताए । सन्की शासकले देशलाई दुर्घटनामा पुर्याएको उनिहरुको जिकीर थियो ।
कार्यक्रममा नेता योगेश भट्टराईले केपी ओलीलाई मात्रै प्रधानमन्त्री बनाउने कुरा पार्टीको कुनै विधानमा नलेखिएको बताउदै ओलीले आफूलाई पाँचवर्ष प्रधानमन्त्री बनाउने सहमति भएको उल्लेख गर्दै आधा–आधा समय प्रधानमन्त्री हुने भन्ने सहमति पत्र प्रचण्डले अढाइ वर्ष पछि च्यातेर सहयोग गरेको उहाँको भनाइ थियो । उनले नेताहरुले केपी ओली कम्युनिस्ट नभएको उल्लेख गर्दै ७० प्रतिशत केन्द्रीय सदस्य आफूहरूसँग रहेको तर्क गरे । केपी ओलीलाई पार्टी भित्र घेराउ नगरिएको बताउँदै उनीहरूले बेइमानी गरेको समेत दाबी गरे । देशलाई गम्भीर मुटभेड तर्फ नधकेल्न प्रधानमन्त्रीलाई आग्रह गर्दै भट्टराईले जे मनलाग्यो त्यही नगर्न प्रधानमन्त्रीलाई चुनौती दिएका छन् । संविधान सर्बोच्चता र कानुनी राज्यको ओलीले धज्जी उडाएको बताउँदै ओलीले अध्यादेश मार्फत पार्टी फुटाउने र एमाले ब्युताउन खोजेको उनको भनाई थियो । उनले भडेखालोमा नजाकिन पटकपटक ओलीलाई आग्रह गर्दै उले आफूहरू माफी गर्न तयार रहेको नमाने पार्टीबाट हटाउने चेतावनी दिएका थिए । भट्टराईले प्रधानमन्त्री ओलीलाई म भइन भने अरुलाई पनि सक्छु भन्ने भष्मासुर शैली त्याग्न आग्रह गरेका थिए ।

कार्यक्रममा नेतृ धर्मशीला चापागाईंले जनताको रगत पसिना बगाएर प्राप्त भएको लोकतान्त्रिक गणतन्त्रको संरक्षण गर्नु सट्टा लोकतान्त्रिक संविधानमाथि नै प्रहार गरेको बताउँदै प्रधानमन्त्रीको पछिल्लो कदमले देशलाई निकास दिन नसक्ने बताईन् ।
विर्तामोडको विरोध कार्यक्रममा नेतृ चन्द्रा श्रेष्ठ, नेता रविन कोइराला, विजय सम्पाङ लगायतले संवोधन गरेका थिए । अन्तरकलहका कारण अलग अलग समूह बनाएर एकापसको विरोधमा उत्रिएका नेकपाको दाहाल–नेपाल समूहले प्रधानमन्त्री केपी ओलीलाई अवसरवादी, दक्षिणपन्थीको संज्ञा दिएका छन् । शनिबार प्रधानमन्त्री ओलीको गृह जिल्ला झापाको विर्तामोडमा आयोजित विरोधसभामा बोल्दै दाहाल–नेपाल पक्षका नेताहरुले प्रधानमन्त्रीले संविधान खाएको आरोप लगाएका थिए ।