आज:  | Mon, 25, Jan, 2021
FLASH NEWS

साहित्य चौतारी झापाको अध्यक्षमा हस्त परियार


समृद्ध अनलाईन १९ पुष २०७७, आईतवार १९:०४ मा प्रकाशित ( हफ्ता अघि) १३३ पाठक संख्या

बिर्तामोड , पुस १९ गते। साहित्य चौतारी बिर्तामोड झापाको अध्यक्षमा हस्त परियार निवाचित भएका छन् । संस्थाको २२औं साधारणसभाको बन्द सत्रले परियारको अध्यक्षतामा नयाँ कार्य समिति निवाचित गरेको हो ।
समितिको उपाध्यक्ष कृष्ण सुवेदी निराकार (साहित्य), दीपक रायमाझी (संगीत), विमला चिमरिया (कला), सचिव खगिन्द्रा खुशी, सहसचिव देवीचरण भण्डारी र कोषाध्यक्षमा भवानीप्रसाद गौतम रहेका छन् । त्यस्तै सदस्यहरुमा कमला नेम्वाङ, सुनिता तामाङ, युवराज पोर्तेल, जीवन धिताल, टिका भट्टराई नेपाल, तुलसीप्रसाद भट्टराई, रिता उप्रेती संग्रौला, केपी घिमिरे र चित्रा पौडेल कोइराला रहेका छन् ।
साहित्य चौतारी बिर्तामोड झापाका संस्थापक अध्यक्ष शिवशंकर थापा संयोजक र कृष्णप्रसाद पौडेल, अनिरुद्र ओली, राजेन्द्रप्रसाद संग्रौला र भवानी क्षेत्री सदस्य रहेको निर्वाचन समितिले निर्वाचन गरेको थियो ।
साहित्य चौतारी बिर्तामोड झापाका अध्यक्ष टंक काफ्ले विकल्पको अध्यक्षता तथा साहित्य चौतारी बिर्तामोड झापाका संस्थापक तथा संरक्षक देवीभक्त श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संगीत तर्फको उपाध्यक्ष कृष्ण योञ्जनले स्वागत गरेका थिए । कार्यक्रममा निर्वाचन समितिका संयोजक थापाले नवनिर्वाचित पदाधिकारीहरुलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेका थिए ।
कार्यक्रममा विकल्पले अध्यक्षको प्रतिवेदन, गौतमले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए भने संस्थाको गतिविधि र भावी कार्ययोजना बारे साहित्य चौतारी बिर्तामोड झापाका संस्थापक तथा संरक्षक देवीभक्त श्रेष्ठले प्रकाश पारेका थिए । कार्यक्रमको सञ्चालन साहित्य चौतारी बिर्तामोड झापाका सचिव दिलीप घिमिरेले गरेका थिए ।