आज:  | Mon, 25, Jan, 2021
FLASH NEWS

विभिन्न योजनामा ४३ लाख भन्दा बढि रकम हिनामिना


समृद्ध अनलाईन २० पुष २०७७, सोमबार १३:०२ मा प्रकाशित ( हफ्ता अघि) १६० पाठक संख्या

ओखलढुंगा, पौष २० गते । ओखलढुंगामा विभिन्न निकायहरुले संञ्चालन गरेका विभिन्न योजनामा ४३ लाख ५२ हजार भन्दा बढि रकम हनामिना भएको तथ्य सार्वजनिक भएको छ । जिल्ला समन्वय समिति ओखलढुंगाले जिल्लाका विभिन्न स्थानमा सञ्चालन भएका योजनाहरुको स्थलगत रुपमा अनुगमन गरी रकम हिनामिना भएको तथ्य सार्वजनिक गरेको हो ।
जिल्लामा सञ्चालित विभिन्न योजनाको स्थलगत रुपमा भएको काम भन्दा बढि रकम भुत्तानी गरी हिनामिना गरेको पाइएको जिल्ला समन्वय समितिले जारी गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । जिल्लाको सिद्धिचरण नगरपालिकाले सञ्चालन गरेको वडा नं. १० को केन्द्रिय विद्युत पोल तार र ट्रन्मिटर खरिद योजनामा १४ लाख ४४ हजार रुपायाँ, मोलङ्ग गाउपालिकामा संसद पुर्वधार विकास कार्यक्रम अन्र्तगत सञ्चालित मगर गाउ इपिगहिरा तथा घले गाउ घट्टे गाउ सडकमा ४ लाख ३९ हजार ५ सय ५५ रुपायाँ भुक्तानी गरिएको पाईएको छ ।


त्यस्तै गरि मोलङ्ग गाउपालिकाले विनियोजन गरेको काफलबोट होल्पु मिसन हस्पिटल सडकमा ३ लाख ८८ हजार, राष्ट्रिय पुनः निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यन्वयन इकाई शिक्षा ओखलढुंगाले सञ्चालन गरेको गणेश माध्यमिक विद्यालय भवन निर्माण योजनामा ७ लाख २३ हजार ३ सय ३९, प्रदेश पुर्वाधार विकास कार्यक्रमद्धारा सुनकोशी गाउपालिकामा सञ्चालित गत वर्ष अधुरो सिस्नेरी फलाटे सडकमा ६ लाख ४२ हजार १ सय ९७ र चिसंखुगढी गाउपालिकाले सञ्चालन गरेको २ नं. वडा सभाहल निर्माण योजनामा ८ लाख १४ हजार ९ सय ६० रुपायाँ काम भन्दा बढि भुत्तानी गरी हिनामिना गरेको जिल्ला समन्वय समिति ओखलढुंगाले सार्वजनिक गरेको प्राविधिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यसरी सञ्चालन भएका योजनाहरुको बारम्बार रुपमा गुणस्तरीय काम नभएको भन्ने स्थानिय नागरिकको गुनासा र आमसञ्चारमा समचार सार्वजनिक भएका सवालहरुको आधारमा समितिले स्थलगत रुपमा अनुगमन गरी प्राविधिक तथा सामाजिक रुपमा बृहत अध्ययन गरी विवरण सार्वजनिक गरेको समिति जिल्ला समन्वय प्रमुख जय बहादुर श्रेष्ठले दाबी गरे । पछिल्लो सयम नेपालको संविधान २०७२ अनुसार जिल्ला समन्वय समितिले स्थानिय सरकार सञ्चालन ऐन २०७४ को दाफा ९२ उपादफा १ (ख) बमोजीम जिल्ला सञ्चालित योजनाको स्थलगत रुपमा अनुगमन गरी सार्वजनिक गरेर संबन्धित निकायको ध्यानकर्षण गर्दै आएको छ ।