आज:  | Mon, 25, Jan, 2021
FLASH NEWS

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ


समृद्ध अनलाईन २१ पुष २०७७, मंगलवार १२:१४ मा प्रकाशित ( हफ्ता अघि) १३० पाठक संख्या

ईलाम, पौष २१ गते । ईलामको देउमाई नगरपालिका–८ आमबोटेमा श्रीमती हहत्याको आोपमा एक जना पक्राउ परेका छन् । घरायसी विबादमा श्रीमती हहत्याको आोपमा देउमाई–८ का ३३ वर्षिय सुवास राई सोमबार बिहान पक्राउ परेका हुन् ।
राईले सामान्य घरायसी बादबिबादको बिषयलाई लिएर आफ्नै श्रीमतीको हत्या गरेका थिए । २७ बर्षीया नम्रता राईलाई खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
घटना स्थलमा प्रहरी चौकी जितपुरबाट खटिएको प्रहरी टोलीले राईलाई नियन्त्रणमा लिएको बताईएको छ । हाल घटनास्थलमा जिल्ला प्रहरी कार्यालय ईलामबाट अनुसन्धान अधिकृत सहितको टोली परिचालन गरिएको र घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।