आज:  | Mon, 25, Jan, 2021
FLASH NEWS

कोरोना संक्रमणबाट ६सय बढी पत्रकारको मृत्यु


समृद्ध अनलाईन २२ पुष २०७७, बुधबार १९:२४ मा प्रकाशित ( हफ्ता अघि) ११४ पाठक संख्या

काठमाण्डौं, पौष २२ गते । विश्वमा कोरोनाभाइरसको संक्रमणबाट ६०० भन्दा बढी पत्रकारको मृत्यु भएको पाइएको छ । प्रेस एम्ब्लेम क्याम्पेन ९पीईसी०ले विश्वभरी कोरोनाका कारण ६०२ पत्रकारको मृत्यु भएको विवरण सार्वजनिक गरेको हो ।
मार्च देखि डिसेम्बर २०२० को अन्त्यसम्ममा संख्यामा पत्रकारहरको मृत्यु भएको पाईएको छ । कोरोनाका कारण आधाभन्दा बढी अर्थात् ३०३ जना ल्याटिन अमेरिकी मुलुकका परेका छन् । संस्थाले अग्रपङ्क्तिमा पत्रकारहरु हुने भएकाले उनीहरुलाई कोरोनाविरुद्धको खोपमा पनि प्राथमिकता दिन आग्रह गरेको छ ।
कोरोनाका कारण एसियाका १४५ जना, युरोपका ९४ जना, उत्तर अमेरिकाका ३२ जना र अफ्रिकाका २८ जनाको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ । स्विट्जरल्याण्डको जेनेभामा कार्यालय रहेको यस संस्थाले पत्रकारहरु समाचार सङ्कलन तथा प्रसारणका लागि सम्बन्धित ठाउँमा नै जानु पर्ने भएकाले उनीहरुमा सङ्क्रमणको खतरा धेरै रहेको बताएको छ ।
फोटो तथा भिडियो सङ्कलन गर्ने, स्थलगत समाचार सङ्कलन गर्ने, स्टुडियोमै गएर समाचार सामग्री प्रस्तुत गर्ने, घटनास्थलमै गएर रिपोर्टिङ गर्ने पत्रकारहरुले घरमै बसेर काम गर्न नमिल्ने भएकाले पनि पत्रकारहरु बढी खतरामा रहेको संस्थाले जनाएको छ ।
कोरोनाका कारण सबैभन्दा बढी पत्रकारको मृत्यु पेरुमा ९३ जना, ब्राजिलमा ५५ जना, भारतमा ५३ जना, मेक्सीकोमा ४५ जना र इक्वेडरमा ४२ जनाको मृत्यु भएको छ । त्यसैगरी बङ्गलादेशमा ४१ जना, इटलीमा ३७ जना र अमेरिकामा ३१ जनाको मृत्यु भएको जनाईएको छ ।