आज:  | Mon, 25, Jan, 2021
FLASH NEWS

धुलावारीमा समात्यो प्रहरीले ब्राउनसुगर सहित १ जना


समृद्ध अनलाईन २२ पुष २०७७, बुधबार २०:५१ मा प्रकाशित ( हफ्ता अघि) ८७ पाठक संख्या

अर्जुनधारा, पौष २२ गते । झापाको मेचीनगर नगरपालिका–१० धुलावारीबाट ब्राउनसुगर सहित १ जना पक्राउ परेका छन् । मेचीनगर नगरपालिका–१० का ३२ बर्षीय मो।मुस्ताफालाई १ ग्राम ९०० मिलिग्राम लागुऔषध ब्राउसुगर सहित पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको प्रहरी टोलीले बुधलबार दिउँसो २ बजे उनलाई पक्राउ गरेको हो । पक्राउ परेका मुस्ताफाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।