आज:  | Mon, 25, Jan, 2021
FLASH NEWS

अर्जुनधारामा फेसन डिजाईन तालीम सुरु


समृद्ध अनलाईन २२ पुष २०७७, बुधबार २२:०४ मा प्रकाशित ( हफ्ता अघि) १३६ पाठक संख्या

अर्जुनधारा, पौष २२ गते । नेपाल कपडा तथा सिलाई व्यवसायि संघ जिल्ला कार्यसमिती झापाले अर्जुनधारामा फेसन डिजाईन सप्ताह ब्यापी तालीम सुरु गरेको छ । अर्जुनधारा नगरपालिका वडा नं. ७ मा बुधबार एक कार्यक्रमका विच तालिमको उदघाटन गरिएको हो ।
अर्जुनधारा नगरपालिकाका नगरप्रमुख हरिकुमार रानामगरको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको तालिममा प्रमुख अतिथि रानामगरले तालीममा सहभागिहरुलाई सफलताको कामना ब्यक्त गरेका थिए । उनले शुभकामना दिदै तालिमका लागि मात्र तालिम नभएका कारण यो तालिम पछि दक्ष जनशक्ति उत्पादन हुनेमा आफु विस्वस्थ रहेको बताए । उनले परम्पागत पेशालाई विभेद रहित पेशा बनाउनु पर्नेमा जोड दिँदै पेशाा जातिय पेशा नभएको उल्लेख गरेका थिए ।


कार्यक्रममा अर्जुनधारा नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष नवराम ढुंगाना तथा नगरकार्यपालिका सदस्य रमेश तिखत्रीले प्रशिक्षार्थिहलाई सफलताको शुभकामना दिँदै दक्ष जनशत्ति नभएका कारण फेसनमा समस्या आएको र तालिमले दक्ष जनशक्ति उत्पादन गर्नेमा आफुहरुले विश्वास लिएको बताए । तालिम झापाको ६ वटा स्थानीयतहमा संचालन भएको संघले जनाएको छ । नेपाल कपडा तथा सिलाई व्यवसायि संघका केन्द्रिय सदस्य हरि नेपालीले संचालन गरेको कार्यक्रममा केन्द्रिय सदस्य तथा कार्यक्रमका अध्यक्ष भोला परियारको कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका तिथए । तालिममा ७ दिन सम्म प्रशिक्षक यमुना रोक्काले प्रशिक्षण दिने बताईएको छ ।