अर्जुनधारा, पौष २८ गते। अर्जुनधारा नगरपालिकाको आठौं नगर सभा सुरु भएको छ । नगरपालिकाको वडा नं. ३ मा रहेको जुकेखाडी सामुदायिक वनको कैदले पर्यटकिय स्थलमा मंगलबार देखि नगरसभा सुरु भएको हो ।
मंगलबारदेखि सुरु भएको नगरसभामा ८ वटा मुख्य विधेयक पेश गरिएको छ । अर्जुनधारा नगरपालिका भित्र रहेका सहकारीहरुलाई व्यवस्थित र चलायमान बनाउन सहकारी विधेयक, नगरपालिकाको प्रशासकीय कार्यविधी (नियमित) गर्ने विधेयक, नगर शिक्षा, संस्था दर्ता, नगर प्रहरी व्यवस्थापन, अर्जुनधारा नगरपालिका कार्यपालिकाको निर्णय वा आदेश अधिकार पत्रको प्रमाणिकरण व्यवस्थित गर्ने कार्यविधी, त्यैगरी प्राकृतिक श्रोत तथा बातावरण संरक्षण, कृषि व्यवसाय प्रर्वधन विधेयक समावेस गरिएको छ ।
नगर प्रमुख हरिकुमार रानाकाको अध्यक्षतामा सुरु भएको सभामा प्रदेश १ का सांसद विर्ख प्रधानको प्रमुख आतिथ्यता रहेको थियो । नगरसभामा नगर उपप्रमुख कमला खतिवडा, प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङ्ग, ११ वटै वडाका वडाध्यक्ष, कार्यपालिका र वडा सदस्य तथा नगरपालिकामा रहेका संचारगृहका पत्रकार तथा संचारकर्मी लगायतको उपस्थिती रहेको थियो ।
प्रस्थावित विधेयकमाथी विभिन्न चरणमा छलफल गरि आगामी माघ ६ गते नगर सभा सम्पन्न गर्ने नगर प्रमुख रानामगरले वताए । उपप्रमुख कमला खतिवडाले स्वागत र कार्यक्रमको संचालन योजना अधिकृत हेमराज सेढाईंले गरेका थिए ।