आज:  | Mon, 25, Jan, 2021
FLASH NEWS

अर्जुनधारा एकको वडा कार्यालयको भवन निर्माण कार्य धमाधम


समृद्ध अनलाईन २८ पुष २०७७, मंगलवार १९:३५ मा प्रकाशित ( हफ्ता अघि) १३७ पाठक संख्या

अर्जुनधारा, पौष २८ गते । अर्जुनधारा नगरपालिका १ नम्बर वडा कार्यालयको भवन निर्माण कार्य धमाधम भइरहेको छ ।

गत मंसिर २८ गते नगरप्रमुख हरिकुमार रानाले वडा कार्यालय भवनको शिलन्यास गरेका थिए । वडा कार्यलयको भवन ६१ लाख ९९ हजार ८ सय ४९ रुपैंयाको लागतमा ६ कोठाको १ तले भवन बन्ने वडा कार्यलय सचिव खगेन्द्र लिङदेनले बताए ।

भवन निर्माणका लागि स्थानीय जग्गा दाता टंक न्यैपानेले ३ कठा ११ धुर र नरमाया खड्काले १ कठा १ धुर जग्गा उपलब्ध गराएका हुन् । भवन निर्माणका २०७७ साल भदौ ३१ गते सम्झौता भएको थियो भने निर्माण सम्पन्न २०७८ सला मंसिर ३० गते सम्म रहेको छ ।