आज:  | Sat, 27, Feb, 2021
FLASH NEWS

जीवन साथीको सपना


समृद्ध अनलाईन ३ माघ २०७७, शनिबार २१:३० मा प्रकाशित ( महिना अघि) १४८९ पाठक संख्या

-ऐतराज नेम्वाङ

कथा

  1. असारको समय पानी झमझम परिरहेको छ । पानी कै कारण खेती किसानीगर्नेहरुलाई फाईदा पुगी रहेको थियो भने हामी जस्ता सानाो तिनो ब्यापार गर्नेहरुलाई तहस नहस पारेको थियो ।
    दिनभर पानी परेका कारण कामधन्दा केही थिएन साँझ पर्यो तर पानी रोकीएको थिएन । घरभित्र बसिरहेको अवस्थामा बेलाबेलामा आाश गर्जीदा नानीहरु तर्सिरहेका थिए । झ्याल खोलेर यसो बाहिर चिहाएँ निष्पट्ट अँध्यारो कुनैबेला आकाशमा बिजुली चम्कदा बाहिरका दृश्य झलक्क देखिन्थ् मात्र । तेही विजुली चम्केको समयमा मेरा आँखा फुलबारीमा परे, ला फुलबारी त सबै पानीले भरिएछ, सबै फूल मर्छ होला मेरो मनमा चसक्क पर्यो र श्रीमतीलाई सुनाएँ ।
    श्रीमतीले पनि बाहिर चिहाईन् उनले पनि ढिट मानेर बोलीन्, हो त त्यति मिहेनतले रोपेको फूल खत्तम नै बनाउने भयो, यो पानीले । कति पर्न सक्या होला पानी पनि उनले भनिन् । आ छाडिदेउन बर्खाको महिना हो, यति पानी त पर्नै पर्यो नि, नत्र किसानले कसरी खेती गरोस् त ? उनलाई संझाउँदै मैले भने । हो नि हु न त तर हामी खेती नगर्नेलाई त गाह्रो भयो नि ,श्रीमती अलिक रिसाएर बोलिन् ।
    असारको महिना दुई दिन भो पानी परि रहेको । बाहिर गएर आफनो व्यवसाय गर्न पनि पाएको छैन । दोकान फिजाउन पाएको भए पनि त बिहान बेलुका हातमुख जोर्न सजिलो हुने थियो । तर मौसम भने आफ्नै सुरमा छ निरन्तर पानी झरी रहेछ । भ्वागुताको ट्वार ट्वार सुन्दा कान थुनौँ जस्तो, फेरि एकनासको पानी पराईले झन् दिक्दार लागिरहेको थियो ।
    पानी परेको र पसाल फिँजाउन नपाएको अवस्थामा उनि रिसाए जस्तो लाग्यो र उनको मन बदल्नका लागि मैले ए बुढी जे सुकै होस् यसो अलिकति झोलले नै जीउ तताउँ जस्तो लाग्यो हौ भने । मैले उसको मूड बदल्ने प्रयास गरेँ । अब के सँग खाने र दोकान पनि गइसक्नु छैन सितन नै छैन हौ भन्द्रै उनि केही नरम भएर बोलीन् । आ जे पाकेको छ त्यही सँग खाने नि हौ, लेउन । खाटमा तेर्सिएको मान्छे जुरुक्क उठेर बसेँ म । असारको महिना भए पनि निरन्तरको पानी पराईले केही चिसोको आभास भइरहेको थियो । अब एकछिन है केटाकेटीहरुलाई खान दि हालौँ भनेर भान्सा तिर लागिन् उनि ।
    बिचरी कति मिहेनती छन्, सायद व्यवहारले सिकाउँछ । सानो करेसाबारीमा दिनभरी काम गरिरहेकी हुन्छीन । घर धन्दा छोराछोरीको स्याहार सुसार, कहिले यसो फुर्सद मिले म सँगै दोकानमा सघाउन आइपुग्छिन् । जे होस् मैले मिहेनती श्रीमती पाएकोले मलाई गर्व पनि लाग्थ्यो । कसैको घरमा राम्रो फूल देख्यो कि ल्याएर रोपिहाल्थीन् उनि ।
    भान्साबाटा फर्कदै लिनुस् आज आलु भुटेको छु, यहि सँग खानुहोस्, भनेर प्लेटमा अलिकाति भुटेको आलु र रक्सीको बोतल अनि एउटा गिलास ल्याएर दिईन् उनले । बोतलबाट गिलासमा रक्सी खन्याउँदै थिएँ एक्कासी आकास गड्याङ गुडुङ गरि गर्जियो । खन्याउँदै गरेको गिलासको रक्सी पोखियो । ला बत्ती नै निभ्यो । केटाकेटीहरु पनि अँध्यारो भएर चिच्याउन थाले, हत्तपत्त श्रीमतीले सलाई कोरेर मैनबती बालीन् तर हावाले त्यति राम्ररी बल्न दिइ रहेको थिएन । हावाले गर्दा धिपधिप बल्दै थियो मैन बत्ती, उनि छोराछोरी सँगै बसीन म भने लगातार पीउन थालेँ ।
    रक्सीले मात्र कहाँ हुन्थ्यो र केही छिन् पछि खाना पनि खाइयो, उनि धन्दा सकेर आईन । घरीघरी हावाको झोकाले भित्ताबाट पानीका वाछिटा पनि छिथ्र्यो । बुढो यसपालि त यो भित्तो फेर्नु पर्छ, टाटी पनि छिद्रा छिद्रा भएको छ, यसपालिको वर्खा थेग्छ कि थेग्दैन हिउँद लाग्ना साथ यो काम गरौ है, श्रीमतीले ओछ्यान मिलाउँदै भनिन् । तिमीले भन्दैमा हुन्छ र ? पैसा खै मैले प्रतिप्रश्न गरेँ । तर उनि गर्जीन अनि मैले चाहिँ काँ बाट ल्याउनु त ? लोग्ने मान्छे भएर पनि हिम्मत हार्ने हो ?
    उनलाई संझाउने प्रयत्न गरें भन्छेउ नि पविार पाल्नै परो । स्कूलको बिल पनि तिर्नै परो । फेरि दोकान पनि त्यति चलेको छैन । मैले कति गर्नु ? आउने बाटो छैन ।
    त्यसो भए यहि सिक्री बेचेर भए पनि यसपालि चाहिँ टाटी फेर्नै पर्छ उनले भनिन् । म छाँगाबाट खसे जस्तै भएँ र उनलाई संझाउने प्रयत्न गरें लु भो भो धेरै बढी नबोल, कस्तो दुखले बनाएको त्यो सिक्री तलाई कति रहर लागेको थियो । त्यो दुःखमा जोडेको चिज मास्न हुन्न बुढी केही उपाए गरौला । फेरी त्यतिबेला सिक्री बनाइदिएन भनेर कति रिसाएकी थियौ तिमी, अहिले चाहिँ बेच्न माया लागेन ?
    उनि केही मत्थर भएर बोलीन्– अनि यसरी सँधै चिसो ओछ्यानमा कति सुत्नु ? छोराछोरी पनि राती जाडो भयो भनेर रुन्छन् । रुन्चे स्वरमा बोल्दै थिईन मेरी श्रीमती । मैले रहरले बेचौँ भनेको होईन बुढा छोराछोरीको लागि भएपनि भित्ता त फर्नै पर्छ । भोलि कमाइयो भने त यस्तो सिक्री फेरि किन्न सकिएला नि ।
    मैनबत्तीको मधुरो प्रकाशमा उसको अनुरोध भावलाई हेरेँ । मनमा कतै दया लागेर आयो । नारीहरु आफू नाङगिएर भएपनि आफ्नो परिवारको लागि जे गर्न पनि तत्पर हुन्छन् । यो उनीहरुको बाध्यता भनौँ या सन्तुष्टि । साना खुसी समेटेर आफनो सानो परिवार सुखले बाँचौ भन्ने भावानाले भरिएका नारीहरु बिरलै भेटिन्छन् । तर खोई आफूले कति मिहेनत गर्दापनि केही गर्न सकिएको छैन । केही गर्ने प्रयास नगरे पनि कमसेकम टाटी फर्ने त दिमागमा आए हुन्थ्यो । धत आफ्नै दिमागलाई सरापेँ । ल नि त ठिकै छ तिमीले भनेको जस्तो गरौँला अव सुत । नानीहरु त निदाई सके मनभरी आँफैले आफैलाई धिक्कारदै सुत्न आग्रह गरेँ उनलाई ?
    छेउमा राखेको मैनबत्ती पनि सकिनै लागेको थियो । सायद चट्याङ होला बत्ती आएकै थिएन । बाहिर एकनास पानी परिरहेकै थियो । एकनास एकनास एकनास ।