आज:  | Tue, 02, Mar, 2021
FLASH NEWS

सोलुखुम्बुमा आइचर दुर्घटनामा तीनजनाको मृत्यु


समृद्ध अनलाईन ५ माघ २०७७, सोमबार ०७:११ मा प्रकाशित ( महिना अघि) ४६५० पाठक संख्या

सोलुखुम्बुु, माघ ५ गते । सोलुखुम्बुको महादेव भिरमा भएको दुरघटनामा तीनजनाको मृत्युु भएको छ । आइतबार राती करिब ११ः३० को समयमा बा ४ ख ७९८० नम्बरको आइचर दुर्घटना हुदा तीनजनाको मृत्युु भएको हो ।
ज्यान गुमाउनेहरुमा ३३ बर्षिय चालक कमल मगर, हेटौडाका अन्दाजी २३ बर्षका राम कुमार मगर, सप्तरीका १९ बर्षिय कृष्ण चौधरी रहेका छन् भने चालक मगरको ठेगाना खुलेको छैन् । त्यस्तै गिर हेटौडाका २३ बर्षिय रमेश मगर गम्भिर घाइते भएका छन् । उनलाई उपचारका लागि जिल्ला अस्पताल फाप्लु लगिएको छ ।
आइचर सोलुदुधकुण्ड नगरपालिका ११ तिंला बरडाँडा र नेचासल्यान गाउँपालिकाको सिमाना स्थित महादेव भिरबाट करिब ३ सय मिटर तल खसेको बताईएको छ ।
दुर्घटनाग्रस्त आइचर दुधकोशी सोलुखोला ८६ मेगावाट जलविद्युत आयोजनाको निर्माणमा प्रयोगमा रहेको खुल्न आएको छ ।
सोलु जलविद्युत आयोजना (२३.५ मेगावाट)मा निर्माण प्रयोग भएका सामाग्री निमाणाधिन (८६ मेगावाट) दुधकोशी सोलु खोला जलविद्युत आयोजनामा लैजाने क्रममा महादेव भिरमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
८६ मेगावाटसम्म सामाग्री ढुवानीका लागि तिङलाबाटै पन्चन निस्कन मिल्ने सहज मार्ग भएपनि सल्यान तर्फ किन लागे भन्ने कारण भने खुल्न सकेको छैन् ।