आज:  | Tue, 02, Mar, 2021
FLASH NEWS

वोनम्यारो क्यान्सर पिडित प्रशान्तलाई बचाइदिन सबैमा अपील


समृद्ध अनलाईन ५ माघ २०७७, सोमबार १२:२६ मा प्रकाशित ( महिना अघि) २६३६ पाठक संख्या

अर्जुनधारा, माघ ५ गते ।अर्जुनधारा नगरपालिका–२ झेलेनीका प्रशान्त सुनारको वोनम्यारो क्यान्सरको उपचारका लागि परिवारले सहयोग गरिदिन आग्रह गरेका छन् । उपचार गराइरहेका ९ वर्षीय प्रशान्तको उपचारका लागि उनको परिवारले सहयोगको अपील गरेका हुन् ।

ऋणपान गरेर ७ लाख भन्दा बढि खर्च भइसकेको र थप उपचारका लागि २५ लाख चाहिने भएको छ उनका बुवा विष्णु सुनारले बताए । अहिले आफुले औषधि खुवाई रहेको रहेको र अब त्यो पनि सकिन लागेको उनको भनाई छ । उनले एक महिनाभित्र २५ लाख बोकेर काठमाडौं जानु पर्ने भएका कारण छ सबैलाई सहयोग गरिदिन आग्रह गरेका छन् ।
कमजोर आर्थिक अवस्था भएका परिवारलाई छोराको उपचारका लागि सहयोग गर्न चहानेहरुका लागि एक्सल बैंकको खाता नं. ०२९०१०००१३४८०३०००००१ खाता उपलब्ध गराइएको छ । मोतीमाया खवास मैया र अमृत बहादुर सुनारको ९८२५९३४८५९ मा सम्पर्क गरेर समेत सहयोग उपलब्ध गराउन सकिने सुनार परिवारले जनाएको छ ।