आज:  | Sat, 27, Feb, 2021
FLASH NEWS

उज्यालो गोलधाप बालक्लवको उद्घोषण तालिम शुरु


समृद्ध अनलाईन ५ माघ २०७७, सोमबार २३:१४ मा प्रकाशित ( महिना अघि) ३९३३ पाठक संख्या

हल्दिवारी, माघ ५ गते । हल्दिवारी १ मा रहेको उज्यालो गोलधाप बालक्लबले बालक्लब संचालन तथा उद्घोषण सम्बन्धि ३ दिवसीय तालिम सोमबारबाट शुरु गरेको छ । गत माघ ३ गते सम्पन्न अधिबेशन बाट निर्वाचित नयाँ कार्य समितिको आयोजनामा सञ्चालीत तालिममा क्लबका सदस्य सहित ३८ जना बालबालिकाको सहभागीता रहेको छ। बालबालिकाहरुमा अन्तर्निहित क्षमता अभिवृद्धि , नेतृत्व तथा व्यक्तित्व बिकासमा सहयोग पुर्याउने उद्धेश्यले तालिम आयोजना गरेको क्लवका अध्यक्ष राज अधिकारीले बताए ।

अध्यक्ष अधिकारीको अध्यक्षता तथा पुर्व अध्यक्ष सुस्मिता पराजुलीले स्वागत गर्नुभएको तालिम उद्घाट्न कार्यक्रममा वडा सदस्य सरिता न्यौपानेले शुभकामना व्यक्त गरेकि थिईन् । प्रमुख अतिथी एवम वडाध्यक्ष त्रीलोचन सापकोटाले तालीम पश्चात व्यबहारमा लागू गर्न सुझाव दिदै बालक्लबले गर्ने हरेक रचनात्मक गतिविधिमा सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे । तालिमको सहजीकरण बालबालिका तथा शिक्षा संचार मञ्च नेपालका संयोजक सरोज पौडेलले गरिरहेेेेका छन्  ।