आज:  | Tue, 02, Mar, 2021
FLASH NEWS

सिद्देश्वरी महिला समूहको अध्यक्षमा प्रभा नेपाल


समृद्ध अनलाईन ५ माघ २०७७, सोमबार २३:०३ मा प्रकाशित ( महिना अघि) २८१२ पाठक संख्या

अर्जुनधारा, माघ ५ गते । अर्जुनधारा १ मा रहेको सिद्देश्वरी महिला समूहको अध्यक्षमा प्रभा नेपाल निर्वाचित भएकी छन् । समूहको सातौं साधरण सभाबाट नेपाल अध्यक्षमा निर्वाचित भएकि हुन् ।
सातौं वार्षिक साधरणासभाले नेपालक‍ो अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । जसमा उपाध्यक्ष तारा सुवेदी, सचिव दिपा वस्नेत पौडेल , सहसचिव विमला मगर , कोषाध्यक्ष शुसिला थापा निर्वाचित भएका छन । नव गठित समितिका सदस्यहरुमा क्रमश कमला मंग्राती, मेनुका फुयल, टीका नेपाल काफ्ले, सृजना लिम्वु, मिना काफ्ले, जानुका प्रसाइँ रहेका छन ।
२०६८ सालमा २५० रुपैया बचतबाट बचत सुरू गरेको समुहले हाल चार लाख चौतिस हजार नौ सय पचहतर रुपैया वचत गरेको नवनिर्वाचित अध्यक्ष नेपालले बताईन् ।
संस्थाको सातौं वार्षिक साधरण सभा निवर्तमान अध्यक्ष शर्मिला खड्काको अध्यक्षतामा भएको थयो भने स्वागत मन्तब्य समुहकी शेयर सदस्य दीपा बस्नेत गरेकी थिइन् । कार्यक्रम सन्चालन प्रभा नेपालले गरेकी थिइन् ।