आज:  | Tue, 02, Mar, 2021
FLASH NEWS

टेलिकमको नेटवर्कमा समसया भई रहँदा पनि कार्यालय प्रमुख माघेसंक्रान्ति बिदामा


समृद्ध अनलाईन ६ माघ २०७७, मंगलवार १०:२० मा प्रकाशित ( महिना अघि) २६०० पाठक संख्या

मन्थली, माघ ६ गते ।रामेछाप टेलिकमका कार्यालय प्रमुख विष्णु भण्डारी कार्यालयमा छैनन् ।उनी अझै माघे संक्रान्तीको बिदामा बसेका हुन् । टेलिकमको सेवा शुन्य हुँदा समेत उनि कार्यालय फर्केका छैनन् ।

लामो समय देखि टेलिकमको सेवा अवरुद्ध भएपछि नेपाल पत्रकार महासंघ रामेछापको अगुवाईमा नागरिक समाज तथा  सेवाग्राहीहरू टेलिकमको कार्यालय पुग्दा कार्यालय प्रमुख अझै विदामा रहेको कुरा खुलेको छ । भण्डारीले आफू विदामा बस्दा समेत लिखित निमित्त कार्यालयको अधिकार कसैलाई नदिएको पाईएक१ छ ।
पहिले पहिले पनि टेलिकम रामेछापका प्रमुख भण्डारी कार्यालय समयमा नै मस्त निद्रामा भेटिने गर्थे । टेलिकम प्रति सेवाग्राहीको गुनासो बारबार आउन थालेपछि नागरिक समाज र पत्रकार महासंघले अावाज उठाउदै आएको छ । कतिपटक त पत्रकारहरु सेवाग्राही बनेर जाँदा उनि आफ्नो क्वाटरमा सुतिरहेको भेटीएका पछि आउनु समेत भनेका थिए । आफूलाई टेलिकमको प्रमुख अझै विदामा रहेको जानकारी नभएको प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माको भनाई छ । उनि कार्यालय आए पछि यसको स्पष्टिकरण माग्ने उनले बताए । पछिल्ललो समय ओखलढुंगा   रामेछापको सिनामा रहेेेको लिखुुुनदि आसपासमा रहेका पाँचवटा गाउँपालिका सहित रामेछापका अन्य स्थानमा टेलिकमको नेटवर्कले काम नगर्दा सेवाग्राही समस्यामा परेका छन । ओखलढुंगाका पस्चिमी भेगमा टेलकमको सबै सेवा ठप्प हुँदा समेत कार्यालय मौन बस्ने गरेको छ ।