आज:  | Tue, 02, Mar, 2021
FLASH NEWS

जन्मोत्सवमा अक्षयकोषलाई सहयोग


समृद्ध अनलाईन ६ माघ २०७७, मंगलवार २०:५९ मा प्रकाशित ( महिना अघि) ३५११ पाठक संख्या

अर्जुनधारा, माघ ६ गते । पछिल्लो समय पस्चिमा संस्कारको नक्कल गर्दै जन्मदिनमा केक काट्ने, महङ्गा–महङ्गा होटल र रेष्टुरेन्टमा गएर भड्किलो खर्च गरेर मनाउने गरेको पाइन्छ । तर सञ्चारकर्मी कृपा गुरागाँईले आफ्नो जन्मनि फरक तरिकाले मनाएकी छन् ।
कनकाई नगरपालिका निवासी सञ्चारकर्मी कृपाले नारी सञ्चार गृहले स्थापना गरेको नारी सञ्चार प्रोत्साहन अक्षयकोषमा रकम सहयोग गरेर जन्मदिन मनाएकी हुन् । मंगलबार कृपाले आफ्नो जन्मदिन पारेर सञ्चार गृहका अध्यक्ष भीमा शिवाकोटी, कोषका संयोजक रेजिना गौतमलाई अक्षयकोषका लागि पाँचहजार पाँचसय ५५ रुपैयाँ प्रदान गरेकी छन् । अध्यक्ष शिवाकोटीले कृपाको कामले अरुलाई पनि फजुल खर्च नगर्न तथा सधैं रचनात्मक र कल्याणकारी काममा लाग्न प्रेरणा मिल्ने उल्लेख गर्दै धन्यवाद ज्ञापन गरेकी थिइन् ।
जन्मदिनलाई रचनात्मक तथा सिर्जनात्मक काममा लगाउनुपर्छ भन्ने उद्देश्का साथ आफुले जन्मदिनमा अक्षयकोषमा रकम जम्मा गरेको गुरागाँईले बताईन् । उनले आफ्नो जन्मदिनमा हुने फजुल खर्चलाई सहयोगमा बदलेर जन्मदिन मनाउन सबैलाई आग्रह समेत गरेकी छन् । गुरागाँईले वर्षेनी आफ्नो जन्मदिनमा गर्ने खर्च केही न केही सामाजिक काममा लगाउँदै आएको जिकबाट चिन्नेहरु बताउँछन् ।