आज:  | Thu, 13, May, 2021
FLASH NEWS

ढोका फेरेर म्युजिक भिडियो बजारमा


समृद्ध अनलाईन ६ माघ २०७७, मंगलवार २१:१८ मा प्रकाशित ( महिना अघि) १४००० पाठक संख्या

अर्जुनधारा, माघ ६ गते । गायक बाबु मोक्तान  (बि.एल) र गायिका निता थापा मगरको आवाजमा रहेको गीत ‘ढोका फोरेर’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

प्रकाश सापकोटाको शव्द तथा जितेन लेप्चाको संगीतमा रहेको ‘ढोका फोरेर’को म्युजिक भिडियो सार्वजनिक भएको हो । भिडियोमा प्रेम भारती,एलिसा शर्मा,अस्मिता दाहाल,विशाल लामा,राज घलान, लक्ष्मी राना र पुण्य गौतमले अभिनय गरेका छन् ।पछिल्लो समय सामाजिक सञ्जालमा भाईरल बनेका गौतमलाई पनि भिडियोमा समेटिएको हो ।

नविन वि.केको निर्देशनमा तयार पारीएको म्युजिक भिडियोमा नरेश अएरको छायाङ्कन तथा मिलन विश्वकर्माको सम्पादन रहेको छ । रोमान्टिकरुपमा तयार पारीएको यस भिडियोलाई दर्शकले रुचाएका छन् ।