अर्जुनधारा, माघ ८ गते । झापाको चारआली चन्द्रगढी सडकखण्डमा ट्रिपरको ठक्करबाट एक जजनाको मृत्यु भएको छ । मेचीनगर–१३ की १८ वर्षीया अंशु सिवाकोटीको ट्रिपरको ठक्करबाट ज्यान गएको हो ।
मंगलबार विहान उनलाई मे १ ख २५१५ नम्बरको ट्रिपरले ठक्कर दिएको थियो । ट्रिपरको ठक्करबाट घाइते भएकी सिवाकोटीको उपचारको क्रममा बुधबार बिहान निधन भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनीसँगै घाइते भएका स्थानीय राहुल बस्नेतको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापा प्रहरीका प्रवक्ता डीएसपी राकेश थापाका अनुसार टिपर चालक भद्रपुर–९ का सुमन ओझालाई पक्राउ गरिएको र हाल इलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर अनुसन्धान सुरु गरिएको छ ।