आज:  | Tue, 02, Mar, 2021
FLASH NEWS

जंगली हात्तीको आक्रमणबाट १ जनाको मृत्यु


समृद्ध अनलाईन ७ माघ २०७७, बुधबार १५:२४ मा प्रकाशित ( महिना अघि) ४२५४ पाठक संख्या

विराटनगर, माघ ७ गते । मोरङको सुन्दरहरैचा नगरपालिका–१० सुकुना सामुदायिक वनमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट स्थानीय ३२ बर्षीया सीता पराजुलीको मृत्यु भएको हो ।
जंगलमा घाँस दाउरा गर्न गएकी पराजुलीलाई मंगलवार बिहान सवा १० जंगली हात्तीले आक्रमण गरी घाईते बनाएको र उपचारको लागी कोशी अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।