आज:  | Sat, 27, Feb, 2021
FLASH NEWS

मेचीपारिको नेपाल–भारत सीमानाकामा प्रहरी बिट स्थापना


समृद्ध अनलाईन ७ माघ २०७७, बुधबार २०:४० मा प्रकाशित ( महिना अघि) ३९१४ पाठक संख्या

अर्जुनधारा, माघ ७ गते । मेचीपारिको नेपाल–भारत सीमानाकामा पहिलोपटक अस्थायी प्रहरी बिट स्थापना भएको छ । भद्रपुर नगरपालिका–५ मा मेचीपारिको सीमानाकामा अस्थायी प्रहरी बिट स्थापना भएको हो ।
प्रहरी बिटको भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले उद्घाटन गरेका थिए । वडा प्रहरी कार्यालय, सामुदायिक प्रहरी सेवा केन्द्र र भद्रपुर नगरपालिकाको सहयोगमा अस्थायी प्रहरीबिट २०७७ जेठ २४ गतेबाट निर्माणकार्य शुरु भई यही माघ ५ गते निर्माण सम्पन्न भएको थियो । सीमाक्षेत्रमा हुने कुनै पनि किसिमको आपराधिक गतिविधिको रोकथाम तथा नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउने उद्देश्यले मेचीपारि प्रहरी बिट स्थापना गरिएको नगरप्रमुख श्रेष्ठको भनाई छ ।
मेची नदीपारि पनि नेपाली बस्ती ठूलो हेका कारण प्रहरी विबट स्थापना गर्नु पर्ने अवस्था रहेको थियो । मेचीनगर नगरपालिका–१५, भद्रपुर–५ र ३ मा नेपाली बस्ती रहेको छ । १६ लाख ८० हजारको लागतमा पक्की भवन निर्माण गरी प्रहरी बिटको सोमबार उद्घाटन गरिएको हो ।