आज:  | Tue, 02, Mar, 2021
FLASH NEWS

विपद् प्रतिकार्यका लागि सामुदायिक पहल आधारभुत तालिम सुरु


समृद्ध अनलाईन ८ माघ २०७७, बिहीबार १०:५४ मा प्रकाशित ( महिना अघि) १५७५ पाठक संख्या

ओखलढुंगा, मघ ८ गते । ओखलढुंगामा ४ दिने विपद् प्रतिकार्यका लागि सामुदायिक पहल आधारभुत तालिम सरु भएको छ । नेपाल रेक्रस सोसाइटी जिल्ला शाखा ओखलढुंगाको अायोजनामा तालिम सुरु भएको हो ।
आपतकालिन अवस्थामा सरक्षित रुपमा प्रतिकार्य गर्न सकिने आधारभुत ज्ञान एवं सीप प्रदान गर्ने उदेश्यका साथ तालिमको अायोजना गिरएको नेपाल रेडक्रसस सोसाइटी ओखलढुंगा जिल्लाशाखाका सभापति सुमन राजभण्डारीले बताए । तालिममा सहभागिहरुलाई विपद्को समयमा पुर्व तयारी रहि आफू सुरक्षित रहि कसरी उद्दार कार्य कसरी गर्न सकिन्छ भन्ने विषयमा चार दिन सम्म प्रसिक्षण दिइने रेडक्रस ओखलढुंगाका  उपसभापति पोकल दाहाललस बताए ।
तालिममा जिल्लाका ४ स्थानीय तह सिद्दिचरण नगरपालिका, लिखु, चम्पादेवी, चिसंखुगढि र खिजीदेमम्बा गाउँ पालिकाका २१ जना प्रशिक्षार्थि सहभागी रहेका छन् ।