आज:  | Sat, 27, Feb, 2021
FLASH NEWS

वीरता लेडी जेसीजद्वारा उद्धघोषण तालिम


समृद्ध अनलाईन ८ माघ २०७७, बिहीबार १८:५७ मा प्रकाशित ( महिना अघि) ५७७९ पाठक संख्या

विर्तामोड , माघ ८ गते। वीरता लेडी जेसीज बिर्तामोडले एक दिवसीय उद्धघोषण तालिम सम्पन्न गरेको छ ।
वीरता लेडी जेसीजको सचिवालयमा आयोजित तालिममा जेसीजमा आवद्ध महिला सहित ४० जना सहभागी रहेका थिए । बीरता लेडी जेसीजकी अध्यक्ष स्वस्तिका आचार्यको अध्यक्षतामा भएको तालिमको उद्घाटन अध्यक्ष तथा कार्यक्रमकी प्रमुख अतिथि शारदा रिजालले गरेकी थिइन् ।
पत्रकार तथा साहित्यकार लीला अनमोलले सहजीकरण गरेको तालिममा आश्था वाचन स्मृति रिमाल ‘घिमिरे’ले गरेकी थिइन् । तालिम संयोजक सेलिसा उप्रेतीले स्वागत गरेको कार्यक्रममा जेसीआई मिसन भिजन, नेपाल जेसीज र शाखा प्रकरण रेणुका महत्तोले वाचन गरेकी थिइन् ।
कार्यक्रममा नेपाल प्रेस युनियन झापाकी सभापति इन्दू पूर्वेली, पूर्व अध्यक्ष उर्मिला खरेल लगायतले बोलेका थिए । कार्यक्रमको संचालन महासचिव हिमा पौडेलले गरेकी थिइन् ।