आज:  | Sat, 27, Feb, 2021
FLASH NEWS

मानव अधिकार र पत्रकारिता विषयक दुईदिने तालिम सुरु


समृद्ध अनलाईन १३ माघ २०७७, मंगलवार १७:१५ मा प्रकाशित ( महिना अघि) १८९० पाठक संख्या

विराटनगर, माघ १३ गते । विराटनगरमा मानव अधिकार र पत्रकारिता विषयक दुईदिने तालिमको सुरु भएको छ । राष्ट्रिय मानव अधिकार आयोगको आयोजना र सञ्चारिका समूह, नेपालको सहकार्यमा दुईदिने तालिम सुरु भएको हो ।
प्रदेशभरका ३० जना पत्रकार महिलाहरुको सहभागिता रहेको तालिममा डा।पोरखेल, आयोगको प्रदेश कार्यालय विराटनगर निर्देशक नितु गड्तौला, सञ्चारिका समूह, नेपाल महासचिव बिमला तुम्खेवा र आयोगकी अधिकृत लक्ष्मी राईले प्रशिक्षकको रुपमा सहजीकरण गर्नुहुने सञ्चारिका समूह प्रदेश १ संयोजक इन्दिरा भट्टराईले जानकारी दिईन् ।

तालिमको उद्घाटनका क्रममा राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता डा। टिकाराम पोखरेलले मानव अधिकार र पत्रकारिता एकअर्काका परिपूरक भएकोले सहकार्यको अनिवार्यता रहेको बताएका थिए । आयोगको इसीएनएचआरसी परियोजनाले पत्रकार महिलाहरुका लागि तालिम आयोजना गरेको हो ।